• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ७. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ८. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • ९. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

स्वस्थ रहन दिनमा ५,००० भन्दा कम पाइला नै काफी


  •   सोमबार, पुष २२, २०८१ मा प्रकाशित
  • स्वस्थ र तन्दुरूस्त रहन दैनिक १० हजार पाइला हिँड्नु चमत्कार जस्तै हुने लामो समयदेखि भनिँदै आएको छ। तर एउटा नयाँ अध्ययनले दैनिक पाँच हजार पाइलाभन्दा कमै हिँड्नु पनि पर्याप्त हुने देखाएको छ।

    Advertisement

    विश्वभरिका २ लाख २६ हजारभन्दा बढी मानिसमा गरिएको अध्ययनको विश्लेषणले कुनै पनि कारण उमेर नपुगी हुने मृत्युको खतरा कम गर्न दैनिक ४ हजार पाइला नै पर्याप्त हुने देखाएको हो।

    मुटु र रक्त धमनीलाई फाइदा पुगोस् भन्नका लागि २ हजार ३०० पाइला नै काफी छ। हुन त जति धेरै हिँड्यो त्यति बढी स्वास्थ्यलाई फाइदा हुने अनुसन्धानकर्ताहरू बताउँछन्।

    ४,००० भन्दा बढी पाइलाहरू हिँडेर २०,००० पाइलासम्म पुर्‍याउँदा थपिएको प्रत्येक एक हजार पाइलाले समय नहुँदै हुने मृत्युको खतरा १५ प्रतिशतसम्मले घटाउने विश्लेषण गरिएको छ।

    पोल्यान्डस्थित मेडिकल युनिभर्सिटी अफ लोड्ज र अमेरिकास्थित जोन्स हप्किन्स युनिभर्सिटी स्कूल अफ मेडिसिनको टोलीले हिँड्नुको फाइदा विश्वको जहाँसुकै बस्ने सबै उमेर, समूह र लिङ्गमा लागु हुने जनाएको छ। यद्यपि ६० वर्ष उमेरभन्दा कमका मानिसलाई यसबाट धेरै फाइदा हुन्छ।

    लोड्ज विश्वविद्यालयका प्राध्यापक माच्चेइ बनाखले उपचारका लागि विकसित औषधिहरू बढ्दै गए पनि त्यसले मात्रै पर्याप्त नहुने वा सम्पूर्ण उत्तर नहुने बताए। “हामीले जीवनशैली परिवर्तन गर्ने कुरामा जोड दिनुपर्छ भन्ने म ठान्छु। त्यसमा आहार र अभ्यास पनि पर्छ र त्यो नै हाम्रो अध्ययनको मुख्य विषय थियो, जसले मुटुरोगको खतरा कम गर्न र दीर्घजीवनका लागि प्रभावकारी काम गर्छ,” उनले भने।

    विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्क अनुसार शारीरिक अभ्यास पर्याप्त रूपमा नगर्दा त्यसले प्रत्येक वर्ष ३२ लाख मानिसहरूको ज्यान जान्छ – जुन विश्वभरि मृत्यु हुने चौथो कारण हो। शारीरिक तन्दुरुस्तीसम्बन्धी विश्वव्यापी कम्पनी ब्यारीजकी व्यक्तिगत प्रशिक्षक हनी फाइनले समस्याहरू लामो समय एकै ठाउँमा बसिरहनेमा धेरै भएको बताएकी छन्।

    “यसले तपाईँको मेटाबोलिज्मलाई सुस्त गराउँछ र मांसपेशीको वृद्धि र बललाई असर गर्छ जसका कारण दुखाइ र पीडा हुन सक्छ,” उनले बीबीसीसँग भनिन्। “लामो समय बसिरहँदा त्यसले सबै खालका ढाडको समस्या पनि गराउँछ र हामीले धेरैजसो यस्तो समस्या कार्यालयमा काम गर्नेहरूमा देखेका छौँ। निरन्तर बसिरहँदा उनीहरूमा जीवनको उत्तरार्द्धमा थुप्रै समस्याहरू देखिने गर्छ।”

    उनले निट पनि भनिने गैरअभ्यास गतिविधि थर्मोजेनेसिसलाई महत्त्व दिँदै व्याख्या गरेकी छन्। निट भन्नाले साधारण शब्दमा त्यस्ता कामहरू हुन् जसले हाम्रो क्यालोरी घटाउँछन् र हाम्रो ऊर्जा खपत गर्छन्।

    “उभिनु, किनमेलका सामान बोक्नु, भुईँ सफा गर्नु, भ्याक्युम लगाउनु, फोनमा कुरा गर्दै हिँड्नु – यस्ता साना साना कुराले नै हामीलाई सक्रिय बनाउँछ र त्यसले हाम्रो क्यालोरी घटाउँछ,” उनले भनिन्।

    स्वस्थ रहने सामान्य तरिकाहरू

    फाइनका अनुसार दैनिक नियमित रूपमा हिँड्ने कुरा अत्यास लाग्दो लाग्न सक्छ तर स्वास्थ्यका लागि त्यो जति राम्रो अरू हुँदैन। “हिँड्दा त्यसले रक्तचाप कम गराउँछ, हड्डी जोगाउनका लागि मांसपेशीलाई बलियो बनाउँछ, ऊर्जा पनि बढाउँछ र इन्डरफिनहरू पनि बन्छ जसले गर्दा स्वस्थ खानासँगै वजन बढ्न नदिन पनि मद्दत गर्छ,” उनले भनिन्।

    अन्य फाइदाहरूमा त्यसले मानसिक स्वास्थ्यलाई पनि राम्रो बनाउँछ र मोबाइल वा कम्प्युटरमा स्क्रीन हेर्ने समय वा अन्य कुरामा तपाईँलाई बिथोल्दैन। हिँड्नु “लगभग सबैका लागि” उपयुक्त हुन्छ किनभने र जोर्नी र मांसपेशीका लागि यो सहज हुन्छ, उनले भनिन्।

    हिँड्नका लागि उत्तम उपायहरू

    –बस स्टेसनसम्म बस वा कारमा जानुभन्दा हिँडेर जानुपर्छ ।

    –मेचमा बसेर काम गर्नुहुन्छ भने, प्रत्येक घण्टा उठेर केहीबेर हिँड्नका लागि आफैँलाई सम्झाउनुहोस् ।

    –यदि गर्भवती हुनुहुन्छ भने हिँड्नु सबैभन्दा राम्रो अभ्यास हो ।

    –दैनिक पडकास्ट सुन्दै ३० मिनेट हिँड्नुहोस् ।

    –पार्क वा जङ्गलमा साथीसँग हिँड्नुहोस् वा कुकुर छ भने तिनीहरूलाई लिएर हिँड्नुहोस् ।

    –थोरैबाट हिँड्न सुरु गर्नुहोस् – बस स्टेसनबाट कार्यालयसम्म जानका लागि १० मिनेट, त्यसपछि पार्कसम्म जाँदा २० मिनेट र वरपर अर्को एकछिन हिँड्दा नै ३० मिनेट हुन्छ । बीबीसी नेपालीबाट

    सोमबार, पुष २२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नुवाकोटमा हैजाविरुद्धको खोप पठाइयो
    रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो
    नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. ढुण्डीराज पौडेल नियुक्त
    आज महागुरु फाल्गुनन्द जन्मजयन्ती मनाइदै
    अवैध लागूऔषध खैरो हेरोइनसहित कैलालीबाट दुई जना पक्राउ
    टेकु अस्पताल र नरदेवी आयुर्वेद चिकित्सालयका क्यान्टिनमा अनुगमन, पाइएन खाद्य स्वच्छता

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.