• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ७. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

चलचित्रमा ‘कमब्याक’ गर्दै कलाकार


  •   सोमबार, माघ १४, २०८१ मा प्रकाशित
  • स्वदेशमा मात्र होइन, विदेशमा पनि यतिबेला नेपाली चलचित्रले दर्शक पाइरहेको छ । नेपाली डायस्पोराको बढ्दो प्रभावसँगै नेपाली चलचित्रले विदेशको थिएटरमा सो पाउनु अहिले सामान्य जस्तै भएको छ । युरोप, अमेरिका, अस्टे«लियालगायत महादेशका सहरहरूबाट नेपाली चलचित्रले मनग्गे आम्दानी पनि गरेका छन् । पछिल्लो समय ‘प्रेमगीत–३’, ‘छक्कापन्जा–५’, ‘ज्वाइँसाब’, ‘तेल भिसा’, ‘पूर्णबहादुरको सारङ्गी’ जस्ता चलचित्रले विदेशबाट पनि राम्रो कमाइ गरेका छन् ।

    Advertisement

    कुनै समय विदेशमा नेपाली चलचित्र चलाउनु ठुलै कुरा मानिन्थ्यो । विदेशमा रहेका केही सक्रिय नेपाली सङ्घसंस्थाले नेपाली समुदायलाई मनोरञ्जन दिने हिसाबले एक/दुई वटा सो चलाउने गर्थे । केहीले कलाकार झिकाएर स्टेज सो गर्थे ।

    विश्वव्यापीकरणको प्रभावसँगै अहिले स्टेज मात्र होइन, थिएटरमै नेपाली चलचित्र चल्नुलाई उपलब्धि नै मान्नु पर्छ । यसले एकातिर विदेशमा पनि नेपाली चलचित्रको बजार छ भन्ने मानकलाई स्थापित गर्न खोज्दै छ भने अर्कातिर निर्माणकर्ताको लगानी सुरक्षित हुन सक्ने सन्देश पनि दिएको छ । नेपाली चलचित्र उद्योग जति बलियो हुँदै जान्छ; यसमा आश्रित कलाकारको ‘स्टेटस’ पनि त्यति बढ्दै जान्छ । साथै उनीहरूको आर्थिक, सामाजिक स्तर पनि बढ्छ । उनीहरू आर्थिक र सामाजिक सुरक्षा खोज्दै विदेश भौँतारिनु पर्दैन । कुनै समय नाम चलेका कलाकारसमेत आफ्नो अवस्था सुधार्न विदेश भासिएको तथ्य कसैबाट लुकेको छैन । अभिनेता सरोज खनाल हुन् वा करिश्मा मानन्धर; सुशील क्षेत्री, राजवल्लभ पौडल, अरुणिमा लम्साल, उषा पौडेललगायत थुप्रै कलाकार आफ्नो जल्दोबल्दो करिअर छाडेर विदेश भासिएका हुन् । तीमध्ये सरोज खनाल, करिश्मा मानन्धर, राजाराम पौडेललगायत केही स्वदेश फर्किए । केही अझै उतै छन् । यतिबेला भने विदेशमै रहेका केही कलाकारको नेपाली चलचित्रमा अभिनय गर्न लर्को नै लागेको छ ।

    केहीले चलचित्र निर्माणसमेत गरेका छन् । अभिनेतृ ऋचा घिमिरेका ‘छोडी गए पाप लाग्ला’, ‘गिरफ्तार’, ‘फर्ज’, ‘फैसला’ लगायत थुप्रै चलचित्र सफल छन् । हालै मात्र ऋचा दम्पती ‘तेल भिसा’ चलचित्र निर्माण गरी अमेरिका फर्किएको छ । आफ्नो चलचित्र चलाउन नेपाल आएकी ऋचा सपरिवार अमेरिकाको बाल्टिमोरमा बसोबास गर्नुहुन्छ ।

    दिलीप रायमाझी झन्डै एक दशकअघि ‘सुरक्षित भविष्य’ खोज्दै बिदेसिनुभएको थियो । ‘जिन्दगानी’, ‘दर्पण छाया’, ‘आफ्नो मान्छे’, ‘बादलपारि’ जस्ता सुपरहिट चलचित्रको लामो सूची उहाँसँग थियो । चटपटे र नृत्यमा जोसिला दिलीप बर्सौंसम्म एकनासले छाइरहनुभयो नेपाली चलचित्रमा । अभिनयमा त्यही बुवाको आनुवंशिक गुण बोकेर अमेरिकाबाट आउनुभएको छ, दिव्या रायमाझी । दिव्याले ‘एक्टर’ र ‘पीताम्बर’ मा काम गर्नुभएको छ । दुवै चलचित्र प्रदर्शन हुन बाँकी छ ।

    फिल्म ‘हाइवे टु धम्पुस’ मा काम गर्न अमेरिका पुगेका अभिनेता राजवल्लभ कोइराला नेपाल फर्किनुभएन । उतै बस्नुभयो । यसअघि उहाँ गत जेठमा चलचित्रको अभिनयका सिलसिलामा नेपाल आउनुभएको थियो । कोइराला ‘एक्टर : टेक वान’ बाट नौ वर्षपछि अभिनयमा कमब्याक गर्दै हुनुहुन्छ । कोइरालाले सन् २००७ मा चलचित्र ‘पर्खी बसेँ’ बाट अभिनय सुरु गर्नुभएको हो ।

    चलचित्र ‘आगो’ मा समावेश ‘माया बस्यो मुटुमा’ गीतबाट चर्चा कमाएका नायक सुशील क्षेत्री कुनै समय नेपाली चलचित्र क्षेत्रमा निकै व्यस्त नायकको सूचीमा पर्नुहुन्थ्यो । अमेरिका पलायन भएका उहाँ ‘तेल भिसा’ मार्फत नेपाली चलचित्रमा कमब्याक हुनुभएको छ । यसै गरी अमेरिका बस्दै आएका पूजा चन्द र अरुणिमा लम्साल पनि लामो समयपछि नेपाली चलचित्रमा देखिनुभएको छ ।

    सोमबार, माघ १४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने
    प्रदीप खड्का र सुनिशा भट्टराईको ‘शुभ विवाह’ को सुटिङ सकियो, फागुन २१ मा रिलिज गरिने
    बोलिदेउ’ ले युट्युबमा राम्रो प्रतिक्रिया पाउँदै, दर्शकमाझ
    कविता लेख्दै महेश बस्नेतले भने- अध्यक्षमा केपी ओली !
    एएफसी यू-१७ एसियन कप छनोट खेल्ने राष्ट्रिय फुटबल टिमको बिदाई, यस्तो छ खेल तालिका
    अभिनेता धर्मेन्द्रको निधनको खबरको पत्नी हेमा मालिनी र छोरी इशाले गरे खण्डन

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.