• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ७. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ८. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • ९. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

अटिजम केयर सेन्टर स्थापना गर्न अभिभावकको माग


  •   बिहिबार, बैशाख १८, २०८२ मा प्रकाशित
  • कावासोतीमा अटिजम केयर सेन्टर स्थापना गर्न अभिभावकहरूले माग गरेका छन् । कावासोती नगरपालिकाको आयोजनामा भएको अटिजम र बौद्धिक अपाङ्गता भएका बालबालिकाहरूको अभिभावकका लागि अपाङ्गता अधिकारसम्बन्धी सचेतना कार्यक्रममा सहभागी भएका अभिभावकहरूले कावासोतीमा अटिजम केयर सेन्टरको एकदमै खाँचो रहेको समेत औँल्याएका छन् ।

    Advertisement

    कावासोती तीन निवासी अनु श्रेष्ठले कार्यक्रममा बोल्दै भन्नुभयो, ‘‘यहाँ एउटा अटिजम केयर सेन्टरको निकै खाँचो छ । अहिले मेरा छोरा ६ वर्षको भयो । मैले काठमाडौँमा उसको थेरापी गराइराखेको छु । आफ्नै ठाउँमा सेन्टर नहुँदा बच्चा बोकेर आउजाउ गर्न पनि कत्ति गाह्रो हुन्छ, खर्च पनि धान्नै गाह्रो भएको छ ।’’

    कावासोती १६ का विष्णु परियारले भन्नुभयो, ‘‘अटिजम भएका बच्चाहरूलाई घरमा त सम्हाल्न गाह्रो हुन्छ । झनै बोकेर अन्यत्र लैजानुपर्दा निकै समस्या आइपर्छ । अरूजस्तो नर्मल हुँदैनन् । जतासुकै हिँड्दिन्छन् । दिसापिसाब गराउन पनि समस्या हुन्छ । त्यसैले आफ्नै ठाउँमा केयर सेन्टर भए हामीजस्ता अभिभावकलाई धेरै राहत हुने थियो ।’’

    कार्यपालिका सदस्य समेत रहनुभएका गीता विकको ६ वर्षीय छोरामा पनि अटिजम छ । उहाँले चितवनको केयर सेन्टरमा छोरालाई राख्नुभएको छ । उहाँले आफ्नो अनुभव सुनाउँदै भन्नुभयो, ‘‘मैले मेरो छोरालाई केयर सेन्टरमा राखेपछि धेरै सुधार भएको छ । नाम भन्न नजान्ने बच्चाले नाम भन्न सिकेको छ । अटिजम भएका बच्चालाई घरभित्रै राख्नु भन्दा केयर सेन्टरमा राख्दा केही कुरा सिक्ने, आनीबानीमा पनि सुधार आउने हुने रहेछ त्यसैले यहाँ केयर सेन्टरको आवश्यकता छ । मैले यो कुरा महसुस गरेर बैठकमा समेत राखेको हो ।’’

    कार्यक्रम सहभागी भएका ५० जना अभिभावकहरूले एकै स्वरमा कावासोतीमा अटिजम केयर सेन्टर स्थापना गर्नुपर्ने माग गर्दै नगर प्रमुख विष्णुप्रसाद भुसाल र उपप्रमुख फूल कुमारी थनेतलाई ध्यानाकर्षण समेत गराउनुभयो ।

    अटिजम र बौद्धिक अपाङ्गता भएकाहरूलाई लक्षित गर्दै पालिकाले पहिलो पटक यसरी कार्यक्रम आयोजना गरेको नगर उपप्रमुख फूलकुमारी थनेतले बताउनुभयो । नगर उपप्रमुख थनेतले अटिजम र बौद्धिक अपाङ्गता भएकाहरूप्रति आफू संवेदनशील रहेको भन्दै केयर सेन्टर बनाउनेमा कुरामा आफू सकारात्मक रहेको समेत बताउनुभयो ।

    कावासोती नगरपालिका बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका अधिकृत सुभद्रा शर्माले कावासोतीमा ६० जनाको सङ्ख्यामा अटिजम र बौद्धिक अपाङ्गता भएकाहरू रहेको जानकारी दिनुभयो । प्रत्येक वर्ष जस्तो यो समस्या वृद्धि हुँदै गएको उहाँले बताउनुभयो । समयमै केयर सेन्टर स्थापना गर्न सके त्यस्ता बालबालिकाहरूलाई केही न केही टेवा पुग्ने मनसायले यसरी कार्यक्रम राखेको भन्दै उहाँले अभिभावक तथा सरोकारवालाहरू समेतलाई बोलाएर छलफल गरेको बताउनुभयो ।

    कार्यक्रममा अटिजम केयर चितवन सोसाइटीका अध्यक्ष प्रमिला न्यौपानेले सहजीकरण गर्दै केयर सेन्टर स्थापनाका लागि सरकार मात्रैको मुख ताक्न नहुने अभिभावकहरू सबै एकजुट हुनुपर्ने बताउनुभएको थियो । उहाँले अटिजमका बारेमा जानकारी गराउँदै यो कुनै रोग नभएको बताउनुभयो । १८ महिनादेखि ३ वर्षभित्र बच्चामा अटिजम छ भन्ने कुरा थाहा पाउन सकिने बताउनुभयो । अटिजम भएका बच्चाहरू अन्य नर्मल बच्चाहरू भन्दा फरक व्यवहार गर्ने हुँदा उनीहरूलाई स्नेहको खाँचो पर्ने बताउनुभयो ।

    कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत लिलाराज पौडेल, नगर शिक्षा अधिकारी हेमचन्द्र पौडेल, शिक्षा शाखा अधिकृत राजन पाण्डे, विभिन्न वडाका वडाध्यक्षहरू, कार्यपालिका सदस्यसहित अटिजम र बौद्धिक अपाङ्गता भएका बालबालिकाहरूको अभिभावकहरू, सरोकारवाला सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधि र कर्मचारीहरूको सहभागिता रहेको थियो ।

    बिहिबार, बैशाख १८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नुवाकोटमा हैजाविरुद्धको खोप पठाइयो
    रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो
    नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. ढुण्डीराज पौडेल नियुक्त
    आज महागुरु फाल्गुनन्द जन्मजयन्ती मनाइदै
    अवैध लागूऔषध खैरो हेरोइनसहित कैलालीबाट दुई जना पक्राउ
    टेकु अस्पताल र नरदेवी आयुर्वेद चिकित्सालयका क्यान्टिनमा अनुगमन, पाइएन खाद्य स्वच्छता

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.