• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ७. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ८. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • ९. सुनचाँदीको मूल्य बढ्यो

  • १०. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

यूएन महासभामा प्रधानमन्त्री शाहले भने- नेपालको विपद् सम्पूर्ण मानवताका लागि खतराको घण्टी हो


  •   शुक्रबार, असोज ०९, २०८३ मा प्रकाशित
  • काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभालाई सम्बोधन गर्दै नेपालमा हालै आएको विनाशकारी विपद्लाई विश्वका लागि गम्भीर चेतावनीका रूपमा लिन आग्रह गरेका छन्।

    Advertisement

    महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले भने, 'म हिमालयको काखमा रहेको नेपालबाट एउटा गम्भीर चेतावनी बोकेर आएको छु- यो चेतावनी केवल नेपालका लागि मात्र नभई सम्पूर्ण मानवताका लागि हो।'

    सम्बोधनका क्रममा उनले विकास, लोकतन्त्र, शान्ति र युवा पुस्ताको आशाबारे मात्रै चर्चा गर्न चाहेको भए पनि देशमा हालै आएको ठूलो विपद्का कारण मृत्यु र विनाशको पीडा बोल्न बाध्य भएको बताए।

    'म आज ती परिवारका बारेमा बोलिरहेको छु, जसले आफ्ना प्रियजन गुमाएका छन् वा कहिल्यै नफर्कने आशामा पर्खिरहेका छन्,' उनले भने, 'हिलो, चट्टान र बाढीका बीच आफ्ना आफन्त खोजिरहेका समुदायको पीडा व्यक्त गरिरहेको छु, जहाँ कतिपयका शवसमेत कहिल्यै फेला नपर्न सक्छन्।'

    केही मिनेटको बाढी-पहिरोले पुल, सडक, विद्यालय, घर र मानिसहरूको जीविकोपार्जन एकाएक बगाएको उल्लेख गर्दै प्रधानमन्त्री शाहले दिगो विकासको लक्ष्यतर्फ अघि बढिरहेको नेपाललाई यस विपद्ले ठूलो धक्का पुर्‍याएको बताए।

    हिमाली समुदायलाई तहसनहस बनाएको यो विनाशकारी घटनालाई ‘माउन्टेन सुनामी’ वा ‘हिमालयन सुनामी’को रूपमा चित्रण गर्दै शाहले भने, 'भोटेकोसी-त्रिशूली विपद् केवल स्थानीय त्रासदी मात्र थिएन, यो जलवायु संकटबारे विश्वका लागि एउटा ठूलो चेतावनी थियो। के तपाईंहरूले त्यो चेतावनी वास्तवमै सुन्नुभएको छ?'

    करिब तीन वर्षअघि सगरमाथाको आधार शिविर नजिकै उभिएर संयुक्त राष्ट्रसङ्घका महासचिवले मानवतामाथि आइरहेको जलवायु संकटबारे चेतावनी दिएको स्मरण गराउँदै प्रधानमन्त्रीले भने, 'विश्वकै छानोबाट आएको त्यो पुकार पर्याप्त रूपमा सुनिएन। वैज्ञानिकहरूले प्रमाणसहित चेतावनी दोहोर्‍याए पनि राजनीतिक नेतृत्वले त्यसलाई आवश्यक गति र ठोस कार्यमा रूपान्तरण गर्न सकेन।'

    गत महिना नेपालले भोगेको दुःखद परिणाम त्यसैको नतिजा भएको बताउँदै उनले थपे, 'जलवायु परिवर्तनले संवेदनशील हिमालयको पारिस्थितिक प्रणालीलाई अस्थिर बनाइरहेको छ। पग्लिँदो पर्माफ्रस्ट (स्थायी तुषारो) ले हिमाली भिरालो भागलाई चिरा पारिरहेको छ भने हिमनदीमुनिका संरचना कमजोर भई बरफ र चट्टानको पहिरो जाने जोखिम बढाएको छ।'

    प्रधानमन्त्री शाहले हिमालयमा देखिएका यी संकट नेपालको मात्र नभई सिङ्गो विश्वकै साझा चुनौती भएकाले तत्काल ठोस विश्वव्यापी कदम चाल्नुपर्नेमा जोड दिए।

    शुक्रबार, असोज ०९, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने
    चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै
    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धसहित पाँच जनाको मृत्यु, १४ घाइते
    बारामा श्रीमतीमाथि कुटपिट गरेको भोलिपल्ट मृत्यु, श्रीमान् पक्राउ
    शुक्रबारसम्म देशभर वर्षाको सम्भावना, शनिबारदेखि मौसममा सुधार हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको

    भर्खरै

    • १.
      धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

    • २.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • ३.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ४.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ५.
      सुनचाँदीको मूल्य बढ्यो

    • ६.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ७.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ८.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.