• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ३. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ४. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

  • ७. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ८. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • ९. सुनचाँदीको मूल्य बढ्यो

  • १०. सुनचाँदीको मूल्य घट्यो

अफगानिस्तान यसकारण बन्दैछ ‘पृथ्वीकै नर्क’


  •   मङ्गलबार, कार्तिक २३, २०७८ मा प्रकाशित
  • काबुल – राजधानी काबुलबाट ५० माइल टाढा पश्चिममा रहेको मैदान वारडकमा मानिसहरुको एउटा भिड लागेको छ । विश्व खाद्य कार्यक्रमम (डब्लूएफपी) को सहयोगमा सरकारले गहँुको पिठो बाढ्ने  भएपछि सर्वसाधारणको भिड बढेको हो ।

    Advertisement

    तालिवानले भिडलाई शान्त राख्न दबाब दिइरहेको थियो । तर, केही मानिसहरु अनुदानमा वितरण गरिएको पिठो लिन अयोग्य भएको एक सरकारी अधिकारीले बताएपछि उनीहरु आक्रोशित देखिन्थे ।

    ‘जाडो बढेको छ,’ एक पुरुषले भने, ‘अहिले रोटी बनाएर राख्न सकिन भने कसरी जाडो कटाउने भन्ने मलाई थाहा छैन् ।’ चिसो बढेसँगै अफगानिस्तान पृथ्वीकै नर्क बन्ने जोखिम छ । अधिकांश क्षेत्रमा खडेरी परेका विवरण सार्वजनिक भइरहेका छन् । कृषि उत्पादन नहुँदा भोकमरीका घटना दिनहँु बढेका छन् ।

    अफगानिस्तानमा भोकमरीमा परेका २२ लाख मानिसको खाद्य सुरक्षा गर्न डब्लूएफपीलाई चुनौती छ । अन्य हिउँदभन्दा यो वर्षको हिउँदमा जाडो बढ्ने विज्ञहरुले साबधानी दर्शाएका छन् । खडेरी र भोकमरीले अफगानिस्तानको ठूलो जनसंख्या प्रभावित हुने उनीहरूले बताउँदै आएका छन् ।

    अफगानिस्तानको अवस्था कल्पना गरेभन्दा पनि भयाबह भएको डब्लूएफपीका निर्देशक डेभिड बिस्ले बताउँछन् । अफगान संकट पृथ्वीकै ठूलो मानवीय समस्या भएको उनको भनाई छ ।

    अफगानिस्तानका ९५ प्रतिशत मानिसलाई पर्याप्त खाना नभएको र २३ लाख मानिसहरु भोकमरीतर्फ उन्मुख भएको उनको भनाई छ ।  ६ महिनाभित्र अफगानिस्तानमा ठूलो मानवीय दुर्घटना हुन सक्ने डब्लूएफपीको अनुमान छ ।

    अगस्टमा तालिवानले राजधानी काबुल कब्जा गर्नुअघि तत्कालिन राष्ट्रपति असरफ गनी नेतृत्वको सरकारले हिउँदको चुनौती सामना गर्न सक्ने अनुमान गरिएको थियो ।

    किनकी, यसअघिका हिउँदमा अन्तर्राष्ट्रिय समुदायले अफगानिस्तानमा ठूलो सहयोग प्रदान गर्दै आएको थियो । तर, तालिवानको सत्तपलटसँगै दातृ राष्ट्रले अफगानिस्ताबाट आफ्नो हात झिकेका छन् ।

    पश्चिमा मुलुकहरुले अफगानिस्तानलाई प्रदान गर्दै आएको सहयोग पनि रोक्का गरेका छन् । देशमा कठोर शारिया कानुन लागू गरिएको र छात्राहरुलाई विद्यालयबाट बन्चित गरिएको भन्दै पश्चिमेली मुलुकहरुले अफगानिस्तानलाई दिँदै आएको सहयोग रोक्का गरेको घोषणा गरेका हुन् ।

    के पश्चिमा मुलुकहरु लामो समयसम्म आफ्नो अडानमा रहेर अफगानिस्तानका लाखौं मानिसहरुलाई भोकमरीमा बाँच्न बाध्य पार्लान ? अहिलेको यक्ष प्रश्न यही हो । डब्लूएफपीले विश्वका सरकारहरुलाई अफगानिस्तानमा तत्काल मानवीय सहयोग प्रदान गर्न बारम्बार आह्वान गर्दै आएको छ ।

    ‘विश्व नेता र खर्वपतिहरु ! एक पटक कल्पना गर्नुहोस त ! तपाईका साना छोराछोरी भोकमरीका कारण मृत्युको मुखमा धकेलिँदैछन् ।’ विश्व समुदायलाई अफगानिस्तानमा सहयोगको आह्वान गर्दै निर्देशक डेभिड भन्छन् । अहिले पृथ्वीमा ४०० खर्ब अमेरिकी डलरबराबरको सम्पत्ति भए पनि लाखौं बालबालिकाको भोकमरीका कारण मृत्यु भइरहेको र यसले सबैलाई लाज लाग्नुपर्ने उनको भनाई छ ।

    ‘भोकका कारण कुनै बच्चाको मृत्यु हुन्छ भने त्यसले हामीलाई लाज लाग्नुपर्छ । त्यो बच्चा कहाँको हो भन्ने अर्थ रहँदैन । ’, उनी भन्छन् । ‘जाडो बढेसँगै मेरो मनमा त्रास बढेको छ । बालबालिकालाई दिने खानेकुरा केही छैन् । चाँडै मैले सडकमा माग्दै हिड्नु पर्छ ’, मध्येअफगानिस्तानको बामियान सहरकी फातिमा भन्छिन् । उनका ७ ओटा सन्तान छन् । उनका पतिको क्यान्सरका कारण केही महिनाअघि मृत्यु भएको थियो ।

    भोमकरीका कारण केही अभिभावकले आफ्ना सन्तान बेचेका छन् भने केहीले आफ्ना छोरीलाई पाका मानिससँग विवाह गरिदिएर केही रकम लिएका छन् ।एजेन्सी

    मङ्गलबार, कार्तिक २३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संयुक्त राष्ट्रसंघमा नेतान्याहुको सम्बोधन: ७५ देशका प्रतिनिधिद्वारा बहिष्कार
    जापानी पौडीबाज ओहाशीले तोडिन् २०० मिटर ब्रेस्टस्ट्रोकको विश्व कीर्तिमान
    केल्मी नेपालद्वारा प्रधानमन्त्री राहत कोषमा १५ लाख ५ हजार ५ सय ५५ सहयोग, डेढ करोडको ‘क्लोथ बैंक’ सञ्चालन गर्ने
    हर्क साम्पाङले जितेपछि बालेनको टिप्पणी- तपाइँ र धरानलाई सधै माया छ !
    मन्त्रिपरिषद्को बैठकका १९ निर्णय सार्बजनिक
    प्रवासबाटै मतदाता नामावली दर्ता गराउने व्यवस्था गर्न रास्वपाको माग

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको

    • ३.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ४.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक

    भर्खरै

    • १.
      धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

    • २.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • ३.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ४.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ५.
      सुनचाँदीको मूल्य बढ्यो

    • ६.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ७.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ८.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.