• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ३. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

आफ्नै अस्पताल सञ्चालन गर्दै मनमोहन प्राविधिक विश्वविद्यालय


  •   शुक्रबार, असोज १२, २०८० मा प्रकाशित
  • मनमोहन प्राविधिक विश्वविद्यालयले आफ्नै अस्पताल सञ्चालन गर्ने भएको छ । सञ्चालनमा रहेको अस्पतालको स्वामित्व ग्रहण गरेर वा छुट्टै अस्पताल स्थापना गरेर विश्वविद्यालयले स्वास्थ्य सङ्कायका विद्यार्थीहरुका लागि आवश्यक परेको अस्पतालको अभाव पूर्ति गर्ने छ । विश्वविद्यालयको आज (शुक्रबार) सम्पन्न तेस्रो साधारणसभाले अस्पताल अभावमा स्वास्थ्य तर्फका प्राविधिक विषयका कक्षाहरु सञ्चालन गर्न गाह्रो भएको भन्दै छुट्टै अस्पताल स्थापना गर्नुपर्ने निर्णय गरेको हो । साधारणसभाले अस्पताल उपलब्ध गराउनका लागि कोशी प्रदेश सरकारसँग आग्रह गर्ने निर्णय गरेको छ ।

    Advertisement

    कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको प्रमुख आतिथ्यता र विश्वविद्यालयका बोर्ड अफ गभर्नरका अध्यक्ष इश्वर पोखरेलको उपस्थितिमा बिहीबार सुरु भएको साधारणसभासभाले हेल्थ केयर एण्ड हस्पिटल मेनेजमेन्टतर्फ स्नातोकोत्तर तहको कोर्ष सञ्चालन गर्ने, बायोमेडिकलतर्फ स्नातक तहको पाठयक्रम निर्माण गरेर पठनपाठन सुरु गर्ने, प्राकृतिक चिकित्सासम्बन्धी स्नातक तहको पाठनपाठन आरम्भ गर्ने, स्नातोकोत्तर तहअन्तर्गत स्ट्रक्चरल इन्जिनियरिङ कोर्ष सञ्चालन गर्र्न स्वीकृति दिएको रजिष्ट्रार डा. दिलनाथ फुँयालले जानकारी दिनुभयो ।

    साधारण सभाले स्नातक तहको सूचनाप्रविधि पाठ्यक्रमभ निर्माण गरी अध्यापन सुरु गर्ने र विदेशी विज्ञहरुलाई आमन्त्रण गरी पठनपाठन गराउन सक्ने निर्णय गरेको उहाँले बताउनुभयो ।

    साधारण सभाबाट चालु आर्थिक वर्ष २०८०/८१ को बजेट पनि पारित भएको छ । विश्वविद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारीको सेवाका शर्त र सुविधासम्बन्धी नियमावली पारित गर्दै साधारण सभाले स्वास्थ्य सङ्कायमा अध्ययन गर्ने विद्यार्थीहरुलाई ७५ प्रतिशत छात्रवृत्ति उपलब्ध गराउन प्रदेश सरकारलाई सिफारिस गरेको छ । चिकित्सा शिक्षा आयोगले ७५ प्रतिशत छात्रवृत्ति दिनुपर्ने व्यवस्था गरेकोले मनमोहनले सरकारसँग प्रस्ताव गरेको हो । साधारण सभाले विश्वविद्यालयको आफ्नै कोष सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।

    कोशी प्रदेश सरकारले प्रदेश सभाबाट कानुन बनाएर मनमोहन पोलिटेक्निकलाई विश्वविद्यालयको रुपमा विकास गरी २०७८ सालबाट सञ्चालन गर्दै आएको छ । मनमोहन प्राविधिक विश्वविद्यालयमा अहिले इन्जिनियरिङ, मेडिकल एण्ड एप्लाइड एण्ड हेल्थ साइन्स र साइन्स एण्ड टेक्नोलोजी लगायत तीन वटा स्कुल सञ्चालनमा छन् । इन्जिनियरिङतर्फ सिभिल, इलेक्ट्रिकल र इलेक्ट्रोनिक्स तथा मेडिकलतर्फ बि–फार्मेसी सञ्चालनमा छन् ।
    चालु शैक्षिक सत्रदेखि नै नेचुरोप्याथी, पब्लिक हेल्थ र हस्पिटल मेनेजमेन्टसम्बन्धी स्नातक तहको कक्षा सञ्चालन गरिरहेको छ ।

    साधारण सभा उद्घाटनका क्रममा विश्वविद्यालयका उपकुलपति तथा मुख्यमन्त्री कार्कीले प्राविधिक विश्वविद्यालयको सञ्चालनप्रति सन्तुष्टि व्यक्त गर्नुभएको थियो । यसैगरी, विश्वविद्यालय बोर्ड अफ गभर्नरका अध्यक्ष इश्वर पोखरेलले मनमोहन पोलिटेक्निक प्राविधिक विश्वविद्यालयमा रुपान्तरण भएको र गुणस्तरीय शैक्षिक पूर्वाधारको रुपमा विकास हुनु सकारात्मक भएको बताउनुभएको थियो । गोरखापत्र अनलाइनबाट

    शुक्रबार, असोज १२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नुवाकोटमा हैजाविरुद्धको खोप पठाइयो
    रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो
    नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. ढुण्डीराज पौडेल नियुक्त
    आज महागुरु फाल्गुनन्द जन्मजयन्ती मनाइदै
    अवैध लागूऔषध खैरो हेरोइनसहित कैलालीबाट दुई जना पक्राउ
    टेकु अस्पताल र नरदेवी आयुर्वेद चिकित्सालयका क्यान्टिनमा अनुगमन, पाइएन खाद्य स्वच्छता

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ३.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.