• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

राइड सेयरिङ सेवामा पठाओको वर्चस्व, संख्याभन्दा गुणस्तरमा ध्यान दिने टुटलको जवाफ


  •   शुक्रबार, फागुन १४, २०७७ मा प्रकाशित
  • काठमाडौं। सन् २०१७ जनवरीमा राइड सेयरिङ सेवा दिनका लागि युवा उद्यमी शिक्षित भट्टको नेतृत्वमा इन्जिनीयरको समूहले टुटल सुरु गरे। सार्वजनिक यातायात र ट्याक्सीबाट आजित भएका यात्रुको मन छिट्टै टुटलले जित्यो।

    Advertisement

     

    त्यसको एक वर्ष पछि बंगलादेशी कम्पनी पठाओले आफ्नो सेवा सुरु गर्‍यो। दुई वर्षसम्म यी दुई कम्पनीबीच राइड सेवाको प्रतिस्पर्धा राम्रै चल्यो। तर जब कोभिड संक्रमण सुरु भएपछि सार्वजनिक यातायातमा यात्रुको चाप घट्न थाल्यो।

    र, क्षमता भएकाले वाइक किने र नसक्नेका लागि राइड सेयरिङनै विकल्प बन्यो। कोभिडपछि देखिएको आकर्षणसँगै बंगलादेशी कम्पनी पठाओले एग्रेसिभ बजार विस्तारमा ध्यान दियो। कोभिडका कारण होटल र रेष्टुरेन्टमा रोजगारी गुमाएका युवा पठाओमा आकर्षित भएर सेवा दिन थाले। अहिले काठमाडौं उपत्यकामा रातो ज्याकेट लगाएका पठाओका राइडरको वोलवाला छ।

    राइड सेयरिङमा कसको बढी प्रभाव?
    काठमाडौंका सडकमा टुटलभन्दा बढी पठाओका राइडरहरुको लोगो अंकित एपिरियन्स देखिन्छ। जसका कारण पठाओको प्रभाव बढी रहेको आंकलन स्वयं राइडर र यात्रुहरुको छ।

    कोरोना महामारी केही मत्थर भएपछि सञ्चालनमा आएको पठाओले आफ्ना राइडरहरुलाई शुल्क लिएर लोगो अंकित पीपीई र ज्याकेट वितरण गरेसँगै काठमाडौंका अधिकांश क्षेत्रमा यसको उपस्थिति र सेवा दिइरहेको देखिन्छ। टुटलका केही सीमित राइडरहरुले पनि ज्याकेट लगाएर सेवा दिइरहेको देखिन्छ।

    ‘कोरोनासँगै सेवा सुरु गर्नुपर्ने भएपछि हामीले पीपीई र ज्याकेट राइडरहरुको सुरक्षालाई ध्यानमा राख्दै ल्याएका थियौं। पछि यही प्रयोग हाम्रो कम्पनीको उपस्थिति देखाउन र ब्राण्डिङमा महत्वपुर्ण मुभ देखियो,’ पठाओकी मार्केटिङ म्यानेजर सुरक्षा हमालले भनिन्। प्रोमो कोडलगायतका अफरहरुका कारण पठाओ अन्य राइड सेयरिङ सेवाभन्दा सस्तो र रुचाइएको दाबी हमालको छ। उपभोक्ताहरुले पठाओबाट राइड बुकिङ धेरै गर्ने भएकाले राइडरहरु पनि यही एपमा आकर्षित भएको उनको जिकिर छ।

    तर, टुटलका सञ्चालक भट्ट कुनै पनि कम्पनीको ब्राण्ड झल्किने गरी बजारमा देखिनु र साँच्चिकै प्रडक्ट रुचाइएको छ भन्नु फरक हुने बताउँछन्। कम्पनी ब्राण्डिङमा यसले प्रत्यक्ष प्रभाव पार्ने देखेरै टुटलले पनि अबको १०/१५ दिनमा सबै राइडरहरुलाई यस्तै प्रकृतिको अभ्यास सुरु गर्ने तयारी गरिरहेको जनाएको छ। तर, टुटलले भने आफ्ना राइडरहरुलाई विना कुनै शुल्क प्रदान गर्ने जनाएको छ।

    पठाओका राइडरहरुले अन्य राइड सेयरिङ एपभन्दा बढी ग्राहक पाउने भएकाले यसको लोकप्रियता बढ्दै गएको दाबी हमालले गरिन्। संख्यात्मक हिसाबमा टुटलभन्दा पठाओको एप बढी डाउनलोड भएको छ। पठाओका अनुसार १३ लाख पटक पठाओ डाउनलोड भएको छ भने टुटल करिब एक लाख पटक डाउनलोड भएको कम्पनीहरुले जनाएका छन्।

    यसैगरी, अहिलेसम्म टुटलको नेटवर्कमा ४०-५० हजार राइडरहरु रजिस्टर भइसकेको भट्टले जानकारी दिए। पठाओमा भने करिब ८० हजार राइडरहरुलाई तालिम दिइसकेको हमालले बताइन्। सुरुमा दुई पाङ्ग्रे सवारीसाधनबाट सुरु भएको पठाओले केही समययता चार पाङ्ग्रे ट्याक्सीमा पनि विस्तार भइसकेको छ। अहिलेसम्म पठाओ नेटवर्कमा ६ हजारभन्दा बढी ट्याक्सी दर्ता भइसकेको जनाएको छ। पठाओले गत असोजदेखि फुड डेलिभरी सेवा पनि सुरु गरिसकेको छ।

    पठाओकी मार्केटिङ म्यानेजर हमालले पठाओको मोटरसाइकल र ट्याक्सीबाट हरेक दिन ४० हजारभन्दा बढी राइड/डेलिभरी हुने गरेको दाबी गरेकी छन्। ट्याक्सीबाट ६-७ हजार हुने उनले बताइन्। पठाओले राइडहरुबीच प्रतिस्पर्धा जगाउन सकभर बढी राइडका लागि विभिन्न उपहार (क्वेस्ट) को व्यवस्था गरेको जनाएको छ। टुटलका भट्टले भने दैनिक राइडसहितको तथ्यांक सार्वजनिक गर्न चाहेनन्।

    प्रडक्ट र प्रविधि दुवै स्वदेशी लगानीमा प्रवर्द्धन भइरहेकाले कुनै पनि पैसा विदेशिने अवस्था नरहेको भट्टको जिकिर छ। पठाओमा बंगलादेशी कम्पनीको पनि लगानी रहेकाले उसको नाफाको निश्चित संख्या विदेशिने गरेको छ। पठाओले राती ९ देखि बिहान ६ बजेसम्म ट्रिप गर्ने राइडरहरुलाई लोकेसन हेरी अतिरिक्त कमिसनसमेत दिने गरेको हमालले जानकारी दिइन्। टुटलले पनि यस किसिमको प्रोत्साहन भत्ता उपलब्ध गराउँदै आएको छ।

    सेवा शुल्क पठाओभन्दा टुटल केही सस्तो
    शुल्कका हिसाबले भने टुटलभन्दा पठाओ केही महंगो देखिन्छ। पठाओले मोटरसाइकलको बेसरेट ४५ रुपैयाँ तोकेको छ। सुरुमा ३० रुपैयाँ र कम्तीमा १ किलोमिटर यात्रा हुने आधारमा प्रति किलोमिटरको १५ रुपैयाँका दरले जोड्दा ४५ रुपैयाँ आधार बनाएको पठाओले जनाएको छ।
    बेसरेट पठाओको भन्दा टुटल २० रुपैयाँ महँगो पर्ने देखिन्छ।

    पठाओको भन्दा प्रतिकिलोमिटर शुल्क टुटलको तीन रुपैयाँ महँगो पर्ने बताइएको छ। तर, टुटलले सरचार्ज भने नलिने कम्पनीले जनाएको छ। सरचार्जका कारण टुटलभन्दा पठाओ केही महँगो देखिन्छ। टुटलमा ६० रुपैयाँ बेसरेटमा प्रतिकिलोमिटर १८ रुपैयाँ थपिँदै जाने बताइएको छ।

    यस्तै, पठाओले राइडरहरुबाट २० प्रतिशत कमिसन उठाउने गरेको छ भने टुटलले १० रुपैयाँ लिँदै आएको बताएका छन्। सोही कमिसनबाट यी कम्पनीहरुले आवश्यक पूर्वाधार, प्रशासनिक खर्च इत्यादिको जोहो गर्दै आएका छन्।

    बीमा सुविधा बन्यो आकर्षण
    राइड सेयरिङमा सरकारीसँगै सार्वजनिक यातायात व्यवासायीहरुले राइड सेयरिङ सेवा माथि बीमा नभएकाले भइपरी आउने दुर्घटना पछिको अवस्था बारे प्रश्न उठाउँदै आएका थिए। पठाओ र टुटल दुवैले आफ्ना राइडर र यात्रुहरुलाई बीमा सुविधामा अनुबन्ध गरेको जनाएका छन्।

    टुटलले सवारी दर्ता वा नविकरण गर्दा नै सरकारले अनिवार्य गरेको तेस्रो पक्ष बीमाले राइड सेयरिङ सेवालाई समेटेको भट्टले जानकारी दिए। टुटलले आफ्ना राइडरहरुलाई सगरमाथा इन्स्योरेन्समार्फत् तेस्रो पक्ष बीमा गराइरहेको जनाएको छ।

    सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ ले राइड सेयरिङ सेवाहरुका लागि छुट्टै बीमाको व्यवस्था नगरे पनि पठाओले एभरेष्ट इन्स्योरेन्ससँग छुट्टै बीमा सुविधाका लागि सम्झौता गरेको छ।

    पठाओले नेपालको राइड सेयरिङ सेवामा चालक र सेवाग्राहीलाई बीमा कार्यान्वयनमा ल्याएको छ। पठाओले राइडर तथा सेवाग्राहीलाई बीमा सुविधा दिने गरी गत पुस ८ गते एभरेष्ट इन्स्योरेन्ससँग सम्झौता गरेको थियो। पठाओको सेवा लिँदा कुनै यात्रु वा राइडरको दुर्घटनामा मृत्यु, अपांगता जस्तो अवस्था आए बढीमा पाँच लाख रुपैयाँको बीमा सुविधा प्राप्त हुने पठाओले जनाएको छ।

    त्यसैगरी, उपचारका लागि बढीमा एक लाख रुपैयाँ बीमाको सुविधा दिने बताइएको छ। तेस्रो पक्ष बीमाबाहेक राइड सेयरिङ सेवाका लागि भनेर अन्य कम्पनीहरुले छुट्टै बीमा सुविधा दिएका छैनन्।

    कानूनको अभाव र कर विवाद
    २०७५ सालको अन्त्य तिर सरकारले पठाओ, टुटललाई बन्द गर्नेसम्मको मनस्थितिमा पुगेको थियो। निजी प्रयोजनमा दर्ता भएका सवारीसाधनलाई यात्रुवाहक सेवामा प्रयोग गर्न नमिल्ने भन्दै यातायात व्यवस्था विभागले बन्देज लगाउने तयारी गरेको थियो। अहिलेसम्म पनि राइड सेयरिङ सेवाको प्रत्यक्ष निगरानी र अनुगमन गर्ने कानूनी व्यवस्था सरकारले गरेको छैन।

    विभागका तत्कालीन महानिर्देशक कुमारप्रसाद दहालले सवारी ऐन विपरित हुने भन्दै राइड सेयरिङ सेवा गैरकानूनी भएको बताएका थिए। सवारी ऐनको दफा ८ को उपदफा २ मा निजी सवारीसाधनलाई सार्वजनिक यातायात सेवाका लागि प्रयोग गर्न नपाइने विभागको भनाइ थियो।

    दफा १२ मा कुनै प्रयोजनका लागि दर्ता भएका सवारीसाधन अन्य प्रयोजनमा प्रयोग गर्न नपाइनुका साथै टुटल,  पठाओले कानुनी मापदण्ड भन्दा बाहिर रहेर काम गरेकाले बन्द गर्ने बताएको थियो। यसको चौतर्फी विरोध भएपछि सरकार राइड सेयरिङ एपमाथि प्रतिबन्ध लगाउने निर्णयबाट ब्याक भएको थियो।

    यस्तै, कम्पनी स्थापना भएदेखि सेवा सञ्चालनवापत् तिर्नुपर्ने मूल्य अभिवृद्धि कर (भ्याट) र आयकर निर्धारण गर्ने भन्दै पुन: सरकारले राइड सेयरिङ एपहरु माथि दबाब बढाएको थियो। आम्दानी गरेपछि कर नरिरेको भन्दै आन्तरिक राजस्व विभागले २०७५ फागुनमै दुवै कम्पनीको कर निर्धारण गरेको थियो। स्टार्टअपलाई कर थोपरेर उठ्नै नसक्ने गरी कर निर्धारण गरेको भन्दै सरकारको विरोध भएको थियो।

    सरकारले २०७६/०७७ को बजेटबाट राइड सेयरिङ कम्पनी टुटल र पठाओलाई प्रत्यक्ष राहत हुने गरि स्टार्टअप कम्पनीलाई करमा राहत दिने व्यवस्था गरेको थियो। बजेटमा करको दायरामा नआएका कम्पनी करको दायरामा आए २०७५/७५ भन्दा अघिको सम्पूर्ण कारोबारमा लाग्ने कर तथा जरिवाना मिनाहा हुने व्यवस्था गरेको थियो।

    तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले बजेटमार्फत करको दायरमा नआएका स्टार्टअप संचालक ०७६ पुस मसान्तभित्र मूल्य अभिवृद्धि कर र आयकरको दायरामा आएमा त्यसभन्दा अघिका सम्पूर्ण कारोबारमा लाग्ने कर, जरिवाना, थप दस्तुर, शुल्क तथा ब्याज मिनाहा दिने व्यवस्था गरेका थिए।

    शुक्रबार, फागुन १४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने
    चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै
    अविरल वर्षाले कृष्णभीरमा पहिरो
    केल्मी नेपालद्वारा प्रधानमन्त्री राहत कोषमा १५ लाख ५ हजार ५ सय ५५ सहयोग, डेढ करोडको ‘क्लोथ बैंक’ सञ्चालन गर्ने
    शब ब्यवस्थापनमा स्वयंसेवकको रुपमा खटिदा गर्दा जे देखेँ र भोगेँ, त्यो जीवनभर बिर्सन सक्दिनँ।
    दिउँसो साढे ३ बजे देवघाटमा बाढी आइपुग्ने अनुमान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.