काठमाडौं। सरकारले सुन आयातको कोटा बढाएर कोभिड अघिकै अनुपातमा पुर्याउने भएको छ। कोटा बढाएर दैनिक २० किलोसम्म पुर्याउने तयारी भइरहेको हो।
कोटा थोरै भएकाले कारोबारमा समस्या भएको भन्दै व्यवसायीहरूले सरकारलाई गुनासो गर्दै आएका छन्। बजार माग बढ्न थालेपछि वाणिज्य मन्त्रालयले सुनको आपूर्ति पुरानो लयमा गर्ने तयारी गरेको हो। सुनको आयात कोभिड अघिको अनुपातमा गर्ने भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव प्रकाश दाहालले बताए।
‘तयारी भइरहेको हो। बजारमा माग रहे पनि तत्कालै नयाँ कोटा बढिहाल्ने अवस्था छैन। कोभिड अघिको अनुपातमा कोटा पुर्याउने तयारी छ,’ उनले भने। यतिबेला कोभिड नियन्त्रण भएर जनजीवन पुनः पुरानै लयमा फर्कन थालेको छ। यसैका आधारमा थप सुनको आपूर्तिका लागि नयाँ कोटा कायम गर्नु भन्दा कोभिड अघि गाइडलाइनले तोकेको कोटालाइ कार्यान्वयन गर्ने तयारी भइरहेको जानकारी उनले दिए। ‘जसले गर्दा सुनको आयात पनि पुरानो लयमा गर्न लागिएको हो,’ उनले भने।
गत वर्ष कोभिड सुरु भएपछि करेन्सी रिजर्भलाइ संकटमा पर्न नदिनका लागि वाणिज्य मन्त्रालयले आयात भइरहेको सुनको कोटा २० केजीबाट घटाएर १० केजीमा कायम गरेको थियो। हाल बजारमा १० केजी सुनले नपुगेपछि व्यवसायीहरुले कोटा बढाउन माग गरिरहेका छन्। यस विषयमा छलफल जारी रहेको हुँदा चाडै नै २० केजी सुनको कोटा कार्यान्यन गर्ने निर्णय हुने सहसचिव दाहालले जानकारी दिए ।
कोभिडको कारण सुन प्रतितोला एक लाखभन्दा माथि पुगेको थियो। मूल्य महंगिँदा फिर्ता सुन आउने हुदा १० केजी सुनले बजारको माग पूरा गर्दै आएको थियो। गत मंसिर देखी सुनचाँदी बजार चलायमान बन्दै जाँदा सुनको माग पनि बढ्न थालेको थियो। सामान्य अवस्थामा दैनिक २५ केजीसम्म सुनको बिक्री हुने गरेको छ। सिजनको समयमा ४० देखि ५० केजी सुनको बिक्री हुने सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
केही समययता सुनको मूल्यमा गिरावट हुन थालेको छ। मूल्य घट्दै जाँदा सुनका गहना बनाउने सर्वसाधारणको संख्या बढन् थालेको छ। फिर्ता सुन आउन छाडेपछि एक महिनादेखि बजारमा सुनको अभाव भइरहेको महासंघले जनाएको छ। बजारमा सहज आपूर्तिका लागि महासंघले ३० केजी सुन आयात गर्नका लागि माग गर्दै आएका थियो।
गत साता अर्थमन्त्री विष्णु पौडेलले सम्बद्ध व्यवसायीहरूलाई सुन आपूर्ति बढाउन चाडै नै निर्णय गर्ने जानकारी दिएका थिए। हालसम्म कोटा बढ्ने कुनै पनि निर्णय नआएकाले प्रधानमन्त्रीलाई भेट्न जाने तयारी भइरहेको महासंघले
