• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ३. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ७. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ८. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • ९. सुनचाँदीको मूल्य बढ्यो

  • १०. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

रामसीताको मूर्ति रथयात्रासहित माडी ल्याउने तयारी


  •   आइतबार, बैशाख ०५, २०७८ मा प्रकाशित
  • चितवन ४ वैशाख । प्रधानमन्त्री निवास बालुवाटारमा बनाएर राखिएको रामसीताको मूर्ति रथयात्रासहित माडीको अयोध्यापुरीमा ल्याउने तयारी भएको छ। वैशाख ८ गते रामनवमीको दिन अयोध्यापुरीमा राममन्दिर स्थापना गर्नका लागि बालुवाटारमा बनाइराखिएको राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति ल्याउन लागिएको हो। २०७७ असार २९ गते प्रधानमन्त्री केपी ओलीले रामको जन्म माडीको अयोध्यापुरीमा भएको अभिव्यक्ति दिएपछि यहाँ राममन्दिर स्थापना गर्ने प्रक्रिया सुरू भएको हो।

    Advertisement

    ओलीको निर्देशनमा तीन महिनाअगाडि नै राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति स्थापना गरिएको थियो। मूर्ति ल्याएर राममन्दिर स्थापना गर्ने विषयमा बिहीबार सरोकारवालाहरुबीच छलफल भएको छ। शोभायात्रा व्यवस्थापन, ट्राफिक व्यवस्थापन र सुरक्षाका विषयमा जिम्मेवारीहरु बाँडफाँट गरिएको बागमती प्रदेशका सांसद् विजय सुवेदीले बताए।
    मूर्तिलाई वैशाख ७ गते पशुपतिनाथ मन्दिरको परिसरमा रहेको राममन्दिरमा लगेर स्वस्ति वाचन र मन्त्र उच्चारणसहित रथमा राखेर माडीतर्फ ल्याइने उनले बताए।

    ‘सम्माननीय प्रधानमन्त्रीबाट कलश र बग्गीसहितको शोभायात्राको प्रारम्भ हुनेछ’, उनले भने, ‘त्यो दिन देवघाटमा आएर बस्ने र भोलिपल्ट मूर्ति पूजन गरेर फेरि माडीतर्फ लाग्ने कार्यक्रम छ।’ चारवटा मूर्तिलाई चारवटा रथमा राखेर भद्रकालीसम्म एक हजार ८ कलश र बग्गीसहित रथ शोभायात्रा निस्कने सांसद् सुवेदीले बताए। त्यसपछि नागढुङ्गासम्म बग्गी र सयौँ गाडीको लस्करसहित रथयात्रा आउनेछ।

    त्यहाँबाट साना गाडीहरु सहितको रथयात्रा सोही दिन बेलुका करिब ५ बजेतिर देवघाट आइपुग्ने उनले बताए। देवघाट क्षेत्र विकास समितिले श्रद्धालुहरुलाई खान र बस्नको व्यवस्था गर्नेछ। त्यसको व्यवस्थापनका लागि एक दर्जन उपसमितिहरु गठन भएको छ।

    भोलिपल्ट वैशाख ८ गते बिहान ८ बजे देवघाटको वेणी संगमको जलले मूर्तिलाई अभिषेक गराई स्वस्ति वाचनसहित विशेष पूजा गरी पुनः रथयात्रा सुरू हुनेछ। भरतपुर महानगरपालिका–२९ को दासढुङ्गा हुँदै आँपटारी–नारायणगढ–चौबीसकोठी भएर रथयात्रा माडीतर्फ लाग्ने सुवेदीले बताए। रथयात्राको क्रममा ट्राफिक व्यवस्थापन र सुरक्षाको व्यवस्था जिल्ला प्रशासन कार्यालय चितवनले गर्ने उनले बताए।

    माडी प्रवेश गरेपछि कलशसहितको रथयात्रा माडी नगरपालिका–९, अयोध्यापुरीको प्रस्तावित राममन्दिर निर्माण स्थल कृष्णनगर पुग्नेछ। कृष्णनगरमा अहिले अस्थायी राममन्दिर निर्माण हुँदैछ। मूर्तिलाई सोही मन्दिरमा स्थापना गरिने कार्यक्रम छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाल र बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मूर्तिलाई स्वागत गर्ने कार्यक्रम रहेको उनले बताए।

    मूर्तिलाई अहिले अस्थायी राममन्दिरमा लगेर राखिनेछ। अयोध्याधामको गुरूयोजनाअनुसार राममन्दिर निर्माण भएपछि मूर्तिलाई स्थानान्तरण गरी प्राणप्रतिष्ठा गरिने उनले बताए। वैशाख ६ गतेसम्म अस्थायी मन्दिर र सत्तल निर्माण भइसक्ने भनाइ छ।

    अयोध्याधामको गुरूयोजना निर्माण

    अयोध्यापुरीमा निर्माण गर्न लागिएको अयोध्याधामको गुरूयोजना तयार गरिएको छ। अयोध्याधाम निर्माण गर्न माडी नगरपालिकाले कृष्णनगरस्थित रिउ खोलाको छेउमा करिब एक सय बिघा जग्गा प्रस्ताव गरेको छ। सय बिघामध्ये १९ बिघामा मुख्य मन्दिरसहित अयोध्याधाम क्षेत्र, साढे ४ बिघामा जटायु पार्क र अन्य स्थानमा गुरूकुल, गौशाला, धर्मशालालगायतका संरचनाहरु निर्माण हुनेछन्।

    अयोध्याधाम निर्माणका लागि नगरपालिकाले पूर्वसांसद् तीर्थ भूषालको संयोजकत्वमा अयोध्याधाम व्यवस्थापन समिति बनाएको छ। वैशाख ८ गते माडीमा हुने शोभायात्रा व्यवस्थापनका सबै कामहरु समितिले गर्ने अयोध्याधाम व्यवस्थापन समिति, प्रचारप्रसार उपसमिति संयोजक श्रीप्रसाद दवाडीले बताए। करिब १२ सय जना श्रद्धालुहरुलाई खानाको व्यवस्था गरिएको उनले बताए।

    आगामी २२ महिनाभित्र राममन्दिर निर्माण गरिसक्ने प्रधानमन्त्रीले आश्वासन दिएको उनले बताए। ‘लगभग २२ महिनामा मुख्य मन्दिर निर्माण गर्ने भनेर प्रधानमन्त्रीले भन्नुभएको छ’, उनले भने, ‘राममन्दिर निर्माण हुने भएपछि स्थानीय जनता धेरै खुसी भएका छन्।’ माडीमा सोमेश्वरगढी, बाल्मीकि आश्रम, परशुराम कुण्ड, वैकुण्ठधामलगायत थुप्रै धार्मिकस्थलहरु रहेका छन्। अयोध्यापुरीमा नै रामको जन्म भएको भन्ने कुरालाई पुष्टि गर्ने खालका तामाका भाँडा, सिक्का, इँटालगायतका पुरातात्त्विक वस्तुहरु फेला परेको उनी बताउँछन्।

    आइतबार, बैशाख ०५, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने
    चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै
    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धसहित पाँच जनाको मृत्यु, १४ घाइते
    बारामा श्रीमतीमाथि कुटपिट गरेको भोलिपल्ट मृत्यु, श्रीमान् पक्राउ
    शुक्रबारसम्म देशभर वर्षाको सम्भावना, शनिबारदेखि मौसममा सुधार हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ३.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको

    भर्खरै

    • १.
      धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

    • २.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • ३.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ४.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ५.
      सुनचाँदीको मूल्य बढ्यो

    • ६.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ७.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ८.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.