केहिदिन यता सुनको मुल्यमा भारी वृद्धि हुँदै गएपछी ,त्यसको चर्चा समेत बढेको छ नेपाली समाजमा ।सुनलाइ विशेषत नेपाली समाजमा संस्कार झल्काउने धातुका रुपमा प्रयोग गरिन्छ ।देवताका पाला देखि नै प्रयोग भएको भएर यसको सांस्कृतिक महत्त्व अत्यधिक रहेको भन्ने बिश्वास गरिएको हुनसक्छ ।
मुलतः विवाहमा यसको प्रयोग अत्याधिक भएको पाईन्छ ।विवाह भन्ने बित्तिकै मानिसहरु सुनको किनमेलमा लागिहाल्छन । बिहे गर्ने उमेर पुगेका छोराछोरी भएको घरलाई त अहिलेको आकाशिदो सुनको मुल्यले राम्रै छोएको छ ।
मेरो घरमा पनि आजकाल यस बिषयले राम्रै स्थान पाएको छ ।त्यसमाथी मेरो परिवार ठूलो छ ,हाम्रो संस्कारमा बेहुलाबेहुलीलाई मात्र नभएर परिवारका अन्य सदस्यलाइ पनि विवाहमा सुन लगाइदिने परम्परा छ । “तेरो बिहे गर्ने घर त अलि वजनदार नै हेर्न पर्छ है केटा” हैन भने त जोकोहिले हाम्रो परिवारलाई थेग्न सक्दैनन। कुरा ठट्यौली लवजमै भए पनि ,कहिकतै हामी कस्तो संस्कारमा हुर्किरहेका छौ भन्ने कुरा सोच्न म बाध्य भए ।
यो नितान्त मेरो परिवारको मात्र समस्या होइन ,धेरैथोरै यसले सबै नेपालीलाई छोएको छ ।सुनको प्रयोग कुनैबेला सुभकार्यका बेला पबित्रता झल्काउन प्रयोग हुने भए पनि ,अहिले आएर विकृतिको रुप लिएको छ । आजकाल सुनको प्रयोग देखासिखिमा बढी हुने गरेको छ ।
हुनेखानेहरुका लागि यो खासै ठूलो समस्याको विषय नभएपनी अधिकांशका लागि विवाहमा सुनको अत्याधिक प्रयोगले नराम्ररी प्रभाव पारेको छ। विवाह शब्दमा दुई आत्महरुको मेल भन्ने कुरा चलिरहदा ,सुनबिना कुनैपनी विवाह सम्पन्न भएको देखिदैन ।
बिस्तारै शिक्षित हुँदै गएको भनिएको हाम्रो समाजमा ,देख्दा र बोल्दा सानै कुरा भनिएता पनि ,निचोडमा यो प्रवृत्तिले सार्है नै तल्लो दर्जाको बिकृतिको रुप अङ्गालेको देखिन्छ ।महिलामा यसको शौख बडि देखिएपनी ,अप्रत्यक्ष रुपमा पुरुषमा पनि यस बिकृतिले ठुलै प्रवाभ पारेको देखिन्छ ।हैन भने मेरो घरमा मेरो बिवाहाको कुरा आउदा सुनले यति ठूलो स्थान पाउने थिएन होला।
साच्चै भन्ने हो भने प्राचीन संस्कार अनुसार,पबित्रताको असली प्रतीक त पुष्प मानिन्छ। यसलाइ सुभकार्यमा सुनको सट्टामा प्रयोग गरिने हो भने त ,धेरै मानेमा यो लाभदायिक देखिन्छ ।साक्षरताको हिसाबमा पनि सुनको सट्टामा फुलको प्रयोग हुने हो भने त हाम्रो चेतना सहि मानेमा अब्बल रहेको ठहरिने छ ।
Ashok Sapkota
