गत सोमबार कोरोना आशंका गरिएको महिलाको रिपोर्ट नेगेटिभ आएको छ । हेटौंडा अस्पतालले एम्बुलेन्सबाटै उक्त बिरामीलाई अन्य स्थानमा लैजान रिफर गरेको थियो।
पारिवारिक स्रोतले दिएको जानकारी अनुसार उहाँको गत सोमबार साझा ५ बजे एक्कासी स्वास प्रस्वासमा समस्या देखिएपछि उहाँलाई नजिकको प्रादेशिक अस्पताल हेटौडा अस्पताल लगिएको थियो ।
उहाँका श्रीमानलाई कोरोना संक्रमण देखिएको र उक्त बिरामीलाई पनि कोरोना हुन सक्ने आशंका भर्ना लिन नमानेको पारिबारिक स्रोतको दाबी छ।
यस बिषयमा अस्पताल प्रसाशनसंग कुरा गर्न खोज्दा सम्पर्क हुन सकेन।
