• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ७. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

मेलम्चीको पानी वितरणका लागि पाँच रिजर्भ्वायरमा हालियो, २ बजेपछि वितरण सुरु


  •   सोमबार, चैत १६, २०७७ मा प्रकाशित
  • काठमाडौं। काकाकुल उपत्यकामा बसोबासी बर्सेनि थपिए। सबैतिर कहिल्यै पानी पर्याप्त छैन। मेलम्ची आयोजनाको चर्चा र निर्माण सुरु भएपछि सबैको आस यतैतिर छ।

    Advertisement

    मेलम्चीको पानी अब बल्ल उपत्यकाका घरहरुमा परीक्षण वितरणका लागि आयोजना तयार छ। थोक वितरण प्रणालीमार्फत रिजर्भ्वायरमा पानी हालिएको छ। खुमलटार, बालाजु, बाँसबारी, अनामनगर, मिनभवन, महांकालचौरको रिजर्भ्वायरका वितरण प्रणालीमा पानी पठाइएको छ।

    खुमलटारबाट वितरण हुने ललितपुरको एरिया, महांकालबाट महांकालचौर, चाबहिल, न्युरोड, अनामनगरबाट अनामनगर एरिया, मिनभवनबाट बानेश्वर एरिया वितरण हुँदैछ। काठमाडौं उपत्यका खानेपानी लिमिटेड(केयुकेएल)का प्रवक्ता प्रकाश राईका अनुसार ती रिजर्भ्वायरसँग जोडिएका सबै धारामा पानी वितरण हुनेछ।

    ती रिजर्भ्वायरबाट आइतबार करिब ४ करोड लिटर पानी छाड्ने तयारी छ। उनका अनुसार आइतबार करिब ८० हजार धारामा पानी पुग्नेछ।
    ‘करिब एक घण्टा अघि रिजर्भ्वायरमा पानी हालिएको छ,’ राईले भने, ‘ती भरिन केहीबेर समय लाग्न सक्छ। त्यसपछि पुरानै सिस्टममा पानी छाड्छौं।’ दिउँसो २ बजे पत्रकार सम्मेलन गरेर पानी वितरण सम्बन्धी जानकारी दिएपछि वितरण विधिवत हुने उनले बताए।

    मेलम्चीको पानी वितरणका लागि नयाँ सिस्टम जडान गरिएको भए पनि पुरानै सिस्टमबाट पानी वितरण गर्न लागिएको छ। परीक्षण नभइसकेका कारण पुरानै सिस्टमबाट पानी वितरण गर्न लागिएको हो। विस्तारै परीक्षण गरेर नयाँ सिस्टमबाट वितरण गर्दै जाने योजना छ।

    सोमबार बालाजु पोखरीबाट थप वितरण हुनेछ। त्यसपछि महाराजगञ्ज र बाँसबारीको पोखरीमा पनि वितरण हुनेछ। ‘पानी पनि एकैपटक वितरण हुने होइन। बिस्तारै परीक्षण गर्दै वितरण गर्दै जाने हो,’ केयुकेएलका प्रमुख कार्यकारी अधिकृत (सीइओ) मिलन शाक्यले भने, ‘बाहिर हल्ला गरिए जस्तो आइतबार नै सबै घरका धारमा पानी आदैनन्।’

    पहिलो दुई दिन ४ करोड त्यसपछि ६.५ करोड़ र ४ दिनपछि ८.५ करोड लिटर वितरण गरिने जानकारी उनले दिए। त्यसपछि परिमाण र क्षेत्र बढाउदै लगेर बैशाखसम्म १७ करोड लिटर पानी वितरण गरिसक्ने योजना छ।

    केयुकेएलका वितरण प्रणालीमा हाल करिब ३० प्रतिशत चुहावट छ। जसका कारण सिस्टमले नै नधान्ने हो कि भन्ने चिन्तामा केयुकेएलका प्राविधिकहरु छन्। त्यस्तो समस्या देखिए समाधानका लागि सबै शाखामा र्‍यापिड रेस्पोन्स टिम तयार छ। त्यस्तै केयुकेएल एपमा समेत चुहावटको जानकारी र  कुनै गुनासो भएर दर्ता गर्न सकिन्छ। तुरुन्तै रेस्पोन्स गरिने शाक्यले दाबी गरे।

    वितरण सुरु भएपछि कहीँकतै लिकेज देखिए खबर गर्न आयोजनाले सर्वसाधारणलाई आग्रह गरेको छ। लिकेज देखिएका ठाउँमा र्‍यापिड रेस्पोन्स टिम तुरुन्त पुग्न तयारी अवस्थामा छ। लिकेजको खबर पाउन केयुकेएलले उपभोक्तालाई आफ्ना फेसबुक पेज वा एप्स उपयोग गर्न भनेको छ। उपभोक्ताले फोटो खिचेर वा लेखेर खबर गर्न सक्नेछन्।

    सोमबार, चैत १६, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सुनचाँदीको मूल्य बढ्यो
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने
    चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै
    सुनचाँदीको मूल्य घट्यो
    सुन तोलामा २ हजार २०० रुपैयाँले घट्यो, चाँदीको मूल्य पनि ओरालो
    सुन तोलामा २ हजार ९०० र चाँदी १५ रुपैयाँले बढ्यो

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.