• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ७. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

एमाले पार्टी कार्यालय बस्ने थापाथलीको घर कसको हो? आफैं भाडाको घरमा बस्छन् एमालेका घरबेटी


  •   मङ्गलबार, चैत १७, २०७७ मा प्रकाशित
  • काठमाडौं। नेकपा एमालेको पार्टी कार्यालय धुम्बाराहीबाट थापाथली हाइटमा रहेको एक घरमा सर्ने भएको छ। प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधबार नयाँ पार्टी कार्यालयको अवलोकन गरिसकेका छन्।

    Advertisement

    एमाले कार्यालय सर्न लागेको नयाँ घर कसको हो त?

    सञ्जय अग्रवालको। उनको औद्योगिक घराना खेतान समूहसँग पारिवारिक सम्बन्ध पनि छ। उनी नाताले खेतानको ज्वाइँ पर्छन्।

    एमालेले घर भाडामा लिने भएपछि अग्रवाल अहिले चर्चाको केन्द्रमा छन्। सत्तामा रहेको शक्तिशाली दलको पार्टी कार्यालयलाई घरभाडामा दिने सम्बन्ध अग्रवालको कसरी जोडियो? खासमा अग्रवाल के गर्छन्?

    अग्रवाल सामान्य व्यापारी हुन्। केही वर्षअघिसम्म उनी इम्पेरियल गार्मेन्ट चलाउँथे। अमेरिकाको कोटा खारेजीसँगै तयारी पोशाक उद्योग संकटमा परेपछि इम्पेरियल गार्मेन्ट पनि बन्द भयो। त्यसपछि उनले सानो प्याकेजिङ इन्डष्ट्रिज स्थापना गरेका थिए। कार्टुन लगायतका प्याकेजिङ उद्योग पनि राम्रोसँग चल्न सकेन।

    अग्रवाल आफ्नो आलिशान महल भाडामा दिएर कालिमाटीमा आफू भाडामै बस्दै आएका छन्। अग्रवाल परिवार इन्द्रचोक ओटुका पुराना बासिन्दा हुन्।

    सञ्जयका बुबा बृजलाल अग्रवाल र इन्द्रभक्त श्रेष्ठले साझेदारीमा कपडाका व्यापार गर्थे। कपडाको व्यापारबाट उनीहरुले राम्रै आम्दानी पनि गरे। झण्डै ३० वर्षअघि बृजलाल र इन्द्रभक्त श्रेष्ठ छुट्टिएका थिए। इन्द्रभक्तका छोरा रविभक्तले एनई ग्रुप बनाएर व्यवसायिक साम्राज्य तयार पारेका छन्।

    एमालेको कार्यालय सार्न ठीक पारिएको घरमा केहीअघिसम्म संयुक्त राष्ट्रसंघको कार्यालय थियो। सत्तासँग नजिक भएर फाइदा उठाउनका लागि आफ्ना घर-भवन नेता र पार्टी कार्यालय भाडामा दिने प्रचलनकै कारण अग्रवालप्रति औंला ठडिएको छ। तर अग्रवालले आफ्नो दैनिकी चलाउनकै लागि यो घर भाडामा दिएको पारिवारिक स्रोतहरुको दाबी छ।

    ‘सञ्जयले सत्ताको फाइदाका लागि सित्तैमा घर भाडामा दिएका होइनन्, आफ्नो दैनिकी चलाउका लागि भाडामा लगाएका हुन्। उनले गरेका व्यापार राम्रो भएन,’ सञ्जयनिकट एक व्यवसायीले भने, ‘नातेदार वा अरु कसैको रुचीमा उनले घर भाडामा दिएका हुन्।’

    अग्रवालले एमाले पार्टी कार्यालयभन्दा पनि प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख आर्थिक सल्लाहकार मोतीलाल दुगडलाई यो घर भाडामा दिएको उनीनिकट स्रोतले बतायो।

    सरकारको विद्युत नियमन आयोग यो घरमा सर्ने पक्कापक्की भएको थियो। तर, दुगड आफू बस्ने भनेर अग्रवालसँग घर लिएका थिए। ‘अग्रवाललाई त पार्टी कार्यालय आउँछ भन्ने पनि थाहा थिएन,’ स्रोतको दाबी छ, ‘पार्टी कार्यालय आएपछि उहाँ तनावमा हुनुहुन्छ।’ यो घर पाँच वर्षका लागि भाडामा लगाइएको छ।

    विद्युत नियमन आयोगले मासिक आठ लाख रुपैयाँ भुक्तानी गर्ने गरी यो घर भाडामा लिन तयार भएको थियो। पछि जिल्ला प्रशासन कार्यालयले भाडा दर महँगो भयो भनेर नलिन निर्देशन दिएको थियो। यो सात महिनाअघिको कुरा हो।

    थापाथली हाइटस्थित उमंग मार्गमा रहेको अग्रवालको साढे दुई तले यो घरमा १६ वटा कोठा छन्। चार रोपनी क्षेत्रफलमा रहेको यस घरको कम्पाउन्डमा २५ वटा गाडी पार्किङ गर्न मिल्छ।

    ‘नाता पर्दैन’
    सञ्जय र मोतीलालबीच रगतको साइनो छैन। तर दुगडले सञ्जय आफन्त भएको जिकिर गरेका छन्।

    दुगडले सञ्जय आफन्त पर्ने र घरभाडाको सम्झौता भइसकेको बताएका थिए। ‘पार्टीले अफोर्ड गर्ने जति मात्रै भाडा लिनुहुन्छ,’  दुगडले भनेका थिए। उनले सिंहदरबारबाट र अरु ठाउँहरुबाट पनि पायक पर्ने भएकाले उक्त घरलाई पार्टीले आफ्नो केन्द्रीय कार्यालय बनाउने निर्णय गरेको बताएका छन्।

    मङ्गलबार, चैत १७, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने
    चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै
    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धसहित पाँच जनाको मृत्यु, १४ घाइते
    बारामा श्रीमतीमाथि कुटपिट गरेको भोलिपल्ट मृत्यु, श्रीमान् पक्राउ
    शुक्रबारसम्म देशभर वर्षाको सम्भावना, शनिबारदेखि मौसममा सुधार हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.