• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

एक वर्षपछि सरकारले पर्यटन आगमनमा लियो खुकुलो नीति: विमानस्थलमै अन अराइभल भिसा


  •   मङ्गलबार, चैत १७, २०७७ मा प्रकाशित
  • काठमाडौं। नेपाल सरकारले भ्रमणमा आउने विदेशीलाई अन अराइभल भिसा दिने भएको छ। कोभिड-१९ पछि एक वर्ष अगाडि सरकारले अन अराइभल भिसा दिन रोक लगाएको थियो।

    Advertisement

    पर्यटन विभागले २०७६ चैत ७ गते सूचना प्रकाशित गरी पदयात्रा, भ्रमण, क्यक्तिगत तथा सामूहिक पदयात्रा स्थगित गरेको थियो। त्यसको एक वर्षपछि विभागले सूचना प्रकाशित गरी यी कार्यक्रम सञ्चालनमा खुकुलो नीति लिएको हो।

    गत वर्ष फागुनबाट रोक लगाइएको अन अराइभल भिसा अब विमानस्थलबाटै प्रदान गर्ने निर्णय सरकारले गरेको हो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पर्यटन विभागले हवाइ रुटबाट नेपाल आउने पर्यटकलाई उनीहरुको देशमा भिसा उपलब्धता नभए अन अराइभल भिसा उपलब्ध हुने जनाएको छ। तर, स्थलमार्गबाट नेपाल आउने पर्यटकले भने विदेशस्थित नेपाली मिसनबाट भिसा प्राप्त गरेपछि मात्र नेपाल प्रवेश गर्न पाउने जनाएको छ।

    त्यस्तै, नेपाल आउने पर्यटकले नेपाल प्रस्थान गर्नुपूर्व ७२ घण्टा भित्रको कोभिड-१९ परीक्षणको पीसीआर नेगेटिभ रिपोर्ट पेश गर्नुपर्ने छ। अथवा कोभिड-१९ विरुद्ध पूर्ण भ्याक्सिन लगाएको प्रमाण पेश गर्नुपर्ने छ।

    नेपाल प्रस्थान गर्नुपूर्व विदेशीले नेपालको भिसा वा पर्यटन विभाग अथवा पर्यटन बोर्डको सिफारिस बुझाउनुपर्ने छ। नेपाल आउने विदेशीले यात्रा गर्नुपूर्व नै पर्यटन कार्यमा संलग्न हुने भन्ने सिफारिस प्राप्त गर्नुपर्ने छ।

    त्यस्तै, नेपालमा बस्ने होटलको बुकिङ, वा बास बस्ने व्यवस्थाको ग्यारेन्टी देखाउनुपर्ने छ। त्यस्तै यात्रा बीमाको कागज पनि देखाउनुपर्ने छ, सो बीमामा नेपाल बसाइका क्रममा आपतकालीन खोज, उद्दार, उपचार लगायत समावेश हुनपर्ने छ।

    नेपाल आउने यात्रुलाई ती कागजात भएपछि मात्र नेपाल प्रवेश गराउन विमान सञ्चालकलाई निर्देशन दिइएको छ।

    क्वारेन्टाइनमा बस्न नपर्ने

    यसैबिच पीसीआर नेगेटिभ रिपोर्ट अथवा कोभ्याक्स कार्ड भएका पर्यटकले नेपाल प्रवेश गरेपछि पुनस्पीसीआर परीक्षण गर्नुपर्ने छ।

    पीसीआर रिपोर्ट प्राप्त नहुँदासम्म उनीहरु होटल क्वारेन्टाइनमा बस्नुपर्ने छ। यदि पीसीआर रिपोर्ट पोजेटिभ आए उनीहरु होटलमै स्वास्थ्य मापदण्ड पालना गर्दै नेगेटिभ रिपोर्ट नआउँदासम्म क्वारेन्टाइनमा बस्नुपर्ने छ। यदि नेगेटिभ आयो भने उनीहरु क्वारेन्टाइनमा बस्नुपर्ने छैन। उनीहरु पदयात्रा, पर्वतारोहण तथा यात्रा गर्न पाउने छन्।

    यसअघि नेपाल आउने जोसुकैले पनि यहाँ प्रवेश गरिसकेपछि कम्तिमा ७ दिन अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था थियो।पर्यटकलाई घुमाउने एजेन्सीहरुले उनीहरुसँग यात्रामा सहभागी हुने पथ प्रदर्शकहरुको एक लाख सम्मको स्वास्थ्य बीमा गराउनुपर्ने छ। भारतीय पर्यटकका हकमा हवाइ मार्गबाट नेपाल प्रवेश गर्नेहरुले नेपाल(भारत ट्राभल बबल एग्रिमेन्ट आकर्षित हुने विभागले जनाएको छ।

    साथै स्थलमार्गबाट नेपाल प्रवेश गर्ने भारतीय पर्यटकका हकमा सीमा नाकामा उनीहरुले पीसीआर नेगेटिभ रिपोर्ट अथवा कोभ्याक्स कार्ड देखाउनुपर्ने छ। नेपाल प्रवेश पछि उनीहरुले पीसीआर परीक्षण गर्नुपर्ने छ। उनीहरुले त्यसका लागि नेपाल सरकारले तय गरेका मापदण्ड पूर्ण पालना गर्नुपर्ने समेत विभागले जनाएको छ।

    त्यस्तै, विभागले विदेशी पर्यटक नेपाल भित्र्याउने कम्पनीहरुलाई समेत आउने पर्यटकका सम्पूर्ण जानकारी विभागमा उपलब्ध गराउन निर्देशन दिएको छ।नेपालमा रहँदा सबै पर्यटकको निगरानी, उपचार उनीहरुलाई नेपाल ल्याउने संस्थाको जिम्मेवारी हुने विभागले जनाएको छ।

    साथै नेपालमा पदयात्रा, पर्वतारोहण गर्दा पूर्ण रुपमा स्वास्थ्य मापदण्डको पालना गराउने जिम्मेवारी समेत यात्रा सहजिकरण गर्ने कम्पनीको हुने निर्देशनमा उल्लेख छ। यसरी मापदण्ड पालना नगरे, पर्यटक, उनीहरुको यात्रा सहजीकरण गर्ने कम्पनीलाई कारवाही गरिने निर्देशनमा उल्लेख छ।

    मङ्गलबार, चैत १७, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने
    चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै
    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धसहित पाँच जनाको मृत्यु, १४ घाइते
    बारामा श्रीमतीमाथि कुटपिट गरेको भोलिपल्ट मृत्यु, श्रीमान् पक्राउ
    शुक्रबारसम्म देशभर वर्षाको सम्भावना, शनिबारदेखि मौसममा सुधार हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.