काठमाडौं। नेपाल विद्युत प्राधिकरणले प्रदेश छनौट गरि सरुवा हुन चाहेका कर्मचारीहरुलाई नाम फिर्ता लिने अवसर दिएको छ।
क्षेत्रिय स्तरको विज्ञापनबाट नियुक्त भएका सहायक स्तरका कर्मचारीको सरुवाका लागि भन्दै प्राधिकरणले एक पटक प्रदेश छनौट गर्ने अवसर दिएको थियो।
फागुन २ गतेदेखि चैत्र २ गते सम्म प्रदेश रोजेका कर्मचारीले एक पटक सरुवा भइसकेपछि कम्तिमा ७ वर्ष पूरा भएपछि मात्र अन्य प्रदेशमा सरुवा हुन पाउने व्यवस्था छ। महिला र अपाङ्गको हकमा पनि ५ वर्ष पुरा नभइ अर्को प्रदेशमा सरुवा हुन नपाउने व्यवस्था छ।
त्यसैले कुनै कर्मचारी १/२ वर्षमै अन्य प्रदेशमा जाने चाहना भएमा अहिले रोजेको प्रदेशबाट नाम फिर्ता लिन सकिने प्राधिकरणले जनाएको छ।
त्यसका लागि प्राधिकरणको प्रशासन निर्देशनालयमा लिखित जानकारी गराउनु पर्ने प्राधिकरणले जनाएको छ।
