चितवन । वे- ग्रुप नेपालको आयोजनामा वे- ग्रुपका सदस्यहरुका लागि पाँच दिने आधारभूत नेतृत्व विकास एवम् उद्घोषण तालिम आज बिहीबारदेखि सुरु भएको छ । तालिमको उद्घाटन गर्दै वाग्मती प्रदेशका सभासद विजय सुवेदीले वे ग्रुपले सञ्चालन गरिरहेको सरसफाई अभियानले समाजमा सकारात्मक प्रभाव पारेको जनाउँदै वे- ग्रुपको अभियानलाई देशैभरि विस्तार गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
मानिसमा रहेका अन्तरनिहित प्रतिभालाई प्रस्फुटन गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रमले मानिसमा व्यक्तित्व र नेतृत्व विकास गर्न सघाउ पुग्ने जानकारी दिनुभयो दिनुभयो । वे ग्रपका अध्यक्ष भोजराज कंडेल को अध्यक्षतामा सम्पन्न तालिमको उद्घाटन समारोहमा भरतपुर महानगरपालिकाका वडा नं ४ का अध्यक्ष हरिप्रसाद आचार्य ईञ्जिनियर विराट घिमिरे, पुर्व प्रहरी निरीक्षक सन्तोष पन्त, संस्थाका उपाध्यक्ष विजय सापकोटालगायतले मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन सचिव जीवन खरेलले गर्नुभएको थियो ।
४२ जनाको सहभागिता रहेको तालिमको पहिलो दिन आज सञ्चारकर्मी नारायण सापकोटाले प्रशिक्षण दिनुभएको थियो । पाँच दिनसम्म चल्ने तालिममा नारायण सापकोटा, मनोज घिमिरे, सबिता अधिकारी, अपिल खरेलले प्रशिक्षण दिने कार्यक्रम रहेको वे- ग्रपका सचिव जीवन खरेलले जानकारी दिनुभयो ।
