गत आर्थिक वर्षको तेस्रो त्रैमासमा १ अर्ब ३३ करोड रुपैयाँ नाफा कमाएको बैंकले चालु आर्थिक वर्षको सोहि अवधिमा २ अर्ब ५१ करोड रुपैयाँ खुद नाफा कमाएको छ जुन ८७.८० प्रतिशतले धेरै हो।
यस अवधिमा बैंकले खुद ब्याज आम्दानी बढाउन नसकेपनि फि कमिसनमार्फत हुने आम्दानीमा सुधार गरेको छ भने सञ्चालन आम्दानी पनि बढेको छ। अर्कोतर्फ बैंकको इम्पेरमेन्ट चार्ज पनि घटेको छ।
यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ०.३१ प्रतिशतले बढेर ४ अर्ब ३० करोड पुगेको छ भने सञ्चालन नाफा ८६.७८ प्रतिशतले बढेको छ।
समीक्षा अवधिमा बैंकको निक्षेप संकलन १८ प्रतिशतले बढेको छ भने कर्जा लगानी २८ प्रतिशतले बढेको छ।
हाल १६ अर्ब ३२ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडामा ४ अर्ब ४८ करोड रुपैयाँ छ। बैंकको प्रतिशेयर आम्दानी ११ रुपैयाँबाट बढेर २० रुपैयाँ पुगेको छ भने प्रतिशेयर नेटवर्थ १६२ रुपैयाँ रहेको छ।
बैंकले खराब कर्जामा पनि सामान्य सुधार गर्दै १.४७ प्रतिशतमा झरेको छ।

