काठमाडौं । भारतमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण दर घट्दै गइरहेको छ । दैनिक ४ लाख कोरोना संक्रमित फेला परेको भारतमा पछिल्लो समय संक्रमितको दर घट्दै गइरहेको छ ।
पछिल्लो २४ घण्टामा १ लाख ७१ हजार ७२६ जनामा कोरोना संक्रमण देखिएको छ । यससँगै कोरोना संक्रमितको कुल संख्या २ करोड ७७ लाख १९ हजार ४३१ जना पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ५६३ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । यससँगै हालसम्म भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ लाख २२ हजार ३८४ पुगेको छ ।
भारतको महाराष्ट्र, राजस्थान, तामिलनाडू, पन्जाब, मध्य प्रदेश, दिल्ली, गुजरात, कर्नाटक, हरियाणा लगायतका स्थानमा पछिल्लो समय कोरोनाको बढी प्रभाव रहेको छ ।
