• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ७. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

दैनिक १० करोड बराबरको दूध नोक्सान


  •   बुधबार, जेठ १९, २०७८ मा प्रकाशित
  • काठमाडौं । वर्तमान अवस्थामा नेपालमा कोरोना महामारीका कारण दूध र दुग्धजन्य सामग्रीको खपतमा भारी गिरावट आएको छ । नेपाल डेरी एसोसिएशनका अनुसार देशैभरि दूध र दुग्धजन्य सामग्रीको खपतमा गिरावट आएपछि दैनिक रुपमा रू. १० करोड बराबर दूध खेर गई नोक्सानी हुँदै आएको हो ।

    Advertisement

    एसोसिएशनका केन्द्रीय महासचिव प्रल्हाद दाहालका अनुसार कोरोना महामारी अगावैको सहज अवस्थामा दैनिक ३१ लाख लिटर बराबरको दूध र दुग्धजन्य सामग्रीको खपत हुने गरेकामा अहिले कोरोना महामारीको अवस्थामा दैनिक मात्र १३ लाख लिटर बराबरको दूध र दुग्धजन्य सामग्रीको खपत हुने गरेको तथ्यांक छ । नेपालमा दुग्ध क्षेत्रको कुल ग्रार्हस्थ्य उत्पादनमा नौ प्रतिशत योगदान गरेको छ ।

    नेपालमा घरेलु, साना, मझौला र ठूला डेरी उद्योग गरी चार प्रकारका डेरी उद्योग छन् । देशभर सबै प्रकारका डेरीको तथ्यांक हेर्दा करीब सात हजार छन् । कोरोना महामारीका कारण सानादेखि ठूलासम्मका होटेल व्यवसाय, पार्टी प्यालेसलगायतका दूध र दुग्धजन्य सामग्रीको खपत हुने क्षेत्रमा परेको प्रभावका कारण खपत घटेपछि दैनिक रुपमा रू. १० करोड बराबरको दूध खेर गई नोक्सानी हुँदै आएको एसोसिएशनका महासचिव दाहालले बताए ।

    दूध र दुग्धजन्य सामग्रीको खपत कम हुनाका कारण होटेल, रेष्टुरेन्ट, पार्टी प्यालेस, अनि शहरका मानिस गाउँ प्रस्थान, स्कुल कलेज सरकारी कार्यालय बन्द, मानिससँग पैसाको पनि कमी, आइसक्रिमको व्यापारमा कमी, लकडाउनका कारण बिहान मात्र केही पसल खुल्नु अनि जहाँ दूध राखेर बेचिन्थ्यो किराना खाद्यान्न पसल डिपार्टमेन्ट आदि बन्द हुनु हो । यसबाट किसान र उद्योग दुवैलाई समस्या भएको छ । अघिल्लो वर्ष पनि यही याममा नै बन्दाबन्दी भयो र यस पटक पनि त्यही भएर अत्यन्तै अफ्ठ्यारो भएको बताइएको छ ।

    पहिले सहज अवस्थामा दैनिक रुपमा ३१ लाख लिटर दूध खपत थियो भने अहिले कोरोनाका कारण दैनिक १३ लाख मात्र खपत भएको छ । गत वर्षको बन्दाबन्दी चाहिँ चाँडै खुला र सजिलो होला भनेर बजारमा विक्री नहुँदा पनि किसानको दूध खरीद गरेर धुलो दूध बनाइएको थियो । यसपटक त्यो पनि अवस्था रहेन र गत वर्षकै करीब तीन अर्बको धुलो दूध तथा बटर बाँकी नै रहेको तथ्यांक डेरी एसोसिएशनको छ ।

    सबै क्षेत्रका लागि २०७७/७८ साल एक दमै अफ्ठ्यारो रह्यो । प्रायः सबै क्षेत्र नै आ–आफ्नो कठिन अवस्था बिताइरहेका छन् । त्यसैले सरकारले कृषि क्षेत्रमा विशेष महत्व दिनुपर्ने एसोसिएशनका महासचिव दाहाल बताउँछन् । यो समयलाई सरकारले विशेष महत्व दिई कृषि क्षेत्रमा आवश्यक नीतिनियम, आवश्यक अन्य कुराको ख्याल गर्दै जाने हो भने अर्को सालदेखि आयातमा कमी भई हाम्रो व्यापार घाटा पनि कम हुन जान्छ भने स्वदेशमै रोजगारको पनि सिर्जना हुन सक्छ दाहालको भनाइ छ । कोरोनाको कारण विदेशमा रोजगारी छाडेर स्वदेश फर्केका एवम् शहरबाट गाउँ फर्केका धेरै मानिस छन् ।

    तिनीहरूको सीप र पूँजीलाई योजनाबद्ध रूपमा कृषिसँग जोड्ने सक्ने कार्यक्रम ल्याउन सकिए नयाँ प्रविधि पनि स्थापित हुन सक्ने उनी बताउँछन् । कुल ग्रार्हस्थ्य उत्पादनमा दुग्ध क्षेत्रको नौ प्रतिशत योगदान रहेको छ । यो क्षेत्रमा पाँच लाख कृषक परिवारले प्रत्यक्ष रोजगारी पाएका छन् भने ३० हजार जनाले उद्योग तहमा रोजगारी पाएका छन् । अप्रत्यक्ष रुपमा अरू लाखौँ जनाले रोजगार पाएका छन् ।

    समग्र कृषि क्षेत्रमा रू. ३० अर्ब निजी क्षेत्रको मात्र लगानी छ । दैनिक करीब रू. छ करोड शहरबाट गाउँसम्म नगद प्रवाह भइरहेको छ । डेरी एसोसिएशनका अनुसार नेपालमा वार्षिक राजस्व रू. तीन अर्बभन्दा बढी डेरी सेक्टरले राजस्व बुझाउने गर्दछ । देशभर जम्मा दूध उत्पादन ६२ लाख लिटर छ । यद्यपि ५० प्रतिशत अझै पनि व्यवस्थित रुपमा बजारीकरण हुन सकेको छैन । औपचारिक क्षेत्रमा १७ प्रतिशत बजार रहेको छ भने अनौपचारिक क्षेत्रमा ३३ प्रतिशत छ । पचास प्रतिशत कृषक स्वयंले उपभोग गर्ने गरेको पाइन्छ । रासस

    बुधबार, जेठ १९, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सुनचाँदीको मूल्य बढ्यो
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने
    चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै
    सुनचाँदीको मूल्य घट्यो
    सुन तोलामा २ हजार २०० रुपैयाँले घट्यो, चाँदीको मूल्य पनि ओरालो
    सुन तोलामा २ हजार ९०० र चाँदी १५ रुपैयाँले बढ्यो

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.