• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ७. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

माधव नेपालसँग नयाँ पार्टी गठन गर्ने हुती नै छैन


  •   बुधबार, जेठ २६, २०७८ मा प्रकाशित
  • काठमाडौँ । धेरैलाई लागेको छ, नेकपा एमाले फुटिसक्यो । माधव नेपालले नयाँ पार्टी गठन गर्दै छन् । त्यस दलले केपी शर्मा ओली नेतृत्वको दललाई आउँदो चुनावमा शिर उठाउन पनि दिने छैन ।

    Advertisement

    नेपाली कांग्रेसमा त अहिलेदेखि नै मुख मिठ्याउने र भित्रभित्रै पदको भागबण्डा गर्ने सिलसिला चलिसकेको छ । अरु शक्तिले पनि एमाले विभाजनवापत् मनाउनुपर्ने हर्ष विष्मात् सबै मनाइसकेका छन् ।

    यथार्थमा भन्ने हो भने माधव नेपालसँग नयाँ पार्टी गठन गर्ने हुती नै छैन । अरु पनि यस्ता तमाम प्रतिकूलता छन्, जसले नेपालको छुट्टै दल बन्ने सम्भावनालाई शत प्रतिशत इन्कार गर्छन् ।

    १. माले बन्ने भय

    अहिले पार्टी फुटाउन माधव नेपाललाई सबैभन्दा गाह्रो परेको भनेको विगतमा मालेको भूतले सताएर हो । अहिलेसम्म कुनै पनि मूलधारको दलबाट चोइटिएर बेग्लै अस्तित्व बनाउन सकेको एउटा पनि उदाहरण छैन । कांग्रेसमा शेरबहादुर देउवा पनि अन्ततः मूलधारमै मिसिनुपर्यो । एमालेबाट फुटेको मालेले चुनावी मैदानमा पानी पनि भन्न पाएन । बरु वामदेव गौतमलाई सधैँ विभाजनकारीको आरोप लाग्यो । एमालेमा पुनः मिसिइसकेपछि पनि वामदेवदेखि पूर्वमाले खेमाले माथिदेखि तलसम्मै सौतेनी आमाका सन्तानको जस्तो व्यवहार खेप्नुपरेको छ । सीपी मैनालीको अस्तित्व पनि अहिले दिउँसै बत्ती बालेर खोज्नुपर्ने अवस्था छ । माओवादीबाट फुटेर गएकाहरुका ससाना खुद्रा पसल पनि बन्द भइसकेका छन् । राजनीतिक रुपमा पतन भइने डरले माधव नेपाल नयाँ दल खोल्न सकिरहेका छैनन् । उनीकै पछाडि रहेको ठूलो युवा पंक्ति पनि बेग्लै दल खोल्ने कुरालाई लिएर निकै धर्मराइसकेको छ ।

    एमाले दुई चिरा भएपछि अब देशको सबैभन्दा ठूलो पार्टी भोलि राजनीतिक बजारका कुनै गल्लीमा खोज्नुपर्नेछ ।

    २. नेताहरुको उमेर र कार्यकर्ताको विलास

    माधव नेपाल, झलनाथ खाना, भीम रावल, सुरेन्द्र पाण्डे वा अरु जोकोहीलाई हेरौँ । तिनीहरु आफै पेन्सन खाएर बस्नुपर्ने अवस्थाका छन् । पञ्चायतविरोधी आन्दोलनमा असीमित संघर्ष गरेर थाकेका, २०४६ पछि अनवरत शक्तिमा रहेर बिलासितामा डुबेका नेताहरु अब नयाँ संगठन बनाउने, प्सिना गन्हाउने गरी गाउँगाउँमा पुगेर खट्ने र राष्ट्रिय जागरण ल्याउने जाँगर, साहस र धैर्य कुनै पनि नेतामा छैन । नेता मात्र होइन, कार्यकर्तामा त झनै छैन । नेतासँग फोटा खिचेर फेसबुकमा पोस्ट गरेका भरमा र गोजीमा दुईवटा मोबाइल बोकेर शक्तिको दलाली गरेर बाँचेका पंक्ति भविष्य नै अनिश्चित रहेको शक्तिहीन पंक्तिसँग गएर पसिना बगाउन तयार हुने कुनै कारण छैन ।

    ३. चामत्कारिक नेतृत्वको अभाव

    माधव नेपाल आफैमा कुनै विशेष आकर्षण भएका नेता होइनन् । न कुशल वक्तृता, न त श्रुतिमाधुर्य । टर्रो आवाजमा लेघ्रो तानेर उही पुरानै शब्दजञ्जालमा उनको भाषण अल्मलिएको हुन्छ । बरु केपी ओली बरु भाषण गरेरै केही समय मान्छे भुलाउन सक्छन् । छरिएको जनमानसलाई एकत्र बनान सक्छन् । त्यस्तै माधव नेपाल कुनै विषद विद्वान वा वैचारिक नेता पनि होइनन् । काकतालीले संगठनको नेतृत्व पाए । शक्तिको अभ्यास गर्ने अवसर जुर्यो । तर, भएको शक्ति र संगठन सञ्जालमा कत्ति पनि वृद्धि ल्याउन सकेनन् । बरु ओलीले इतिहासकै ठूलो पार्टी एमालेलाई बनाएर छाडे । माधव नेपालले छाडेर जाँदा पनि एमाले संसदको सबैभन्दा ठूलो दल नै रहन्छ ।
    अझ अर्को कुरा के भने माधव नेपाल र उनको टोलीमा जति शीर्ष पंक्ति छ, त्यो सबै थकित, गलित र परीक्षित छ । केही नेताहरु त अस्तिसम्मै मन्त्रीको पदमा आसीन थिए । तिनीहरुले उधुमै गर्छन् र कार्यकर्ता पछि लाग्छन् भन्नेमा विश्वास गर्ने ठाउँ छैन । त्यसैले माधव नेपाललाई नयाँ पार्टी गठन गर्ने आँट आइरहेको छैन ।

    ४.एजेन्डाविहीनता

    एमालेका हरेक कार्यकर्ता तथा शुभेच्छुकलाई थाहा छ कि माधव नेपालले कुनै सैद्धान्तिक वा वैचारिक मतभिन्नताका कारण नयाँ पार्टी गठन गर्न लागेका होइनन् । उनी अहिले छट्पटिनुको मुख्य कारण पद र शक्तिको भोकले हो । नवौँ महाधिवेशनमा ओलीसँग पराजित भए । संसदीय दलमा पनि उनी कमजोर रहे । ओली प्रधानमन्त्री भएर केही काम देखाउन थालेपछि आफू सदाका निम्ति इतिहासको गर्तमा बिलाउने जोखिम देखे । अनि उनको छटपटाहट सुरु भयो । त्यही छटपटाहटलाई सम्हाल्न नसक्दा अहिलेको अवस्थामा पुगे । नयाँ दल गठन गर्दा पनि उही पुरानो बाजेको पेडा पसल भन्नेबाहेक अर्को कुनै पदावली घोषणा पत्रमा राख्ने कुरा छैन । यदि एमालेजस्तै अर्को पार्टी खोल्ने हो भने छँदाखाँदाको सूर्य चिन्हवाहक एमाले हुँदाहुँदै नक्कली एमालेमा को जान्छ रु कसले मत दिन्छ रु कसले कुरा पत्याउँछ रु यो कुरा पनि माधव नेपालसहित सबै असन्तुष्टहरुलाई राम्रो जानकारीमा छ ।

    ५. आर्थिक दुरवस्था

    माधव नेपाल जतिजति शक्तिबाट टाढिँदै छन्, आर्थिक अवस्थाले पनि टाट पल्टिँदै छन् । एमालेको संगठन शक्ति भनेको दीगो आर्थिक स्रोत पनि हो । कुनै व्यापारीले सहयोग नगरे पनि केही वर्ष पार्टीकै लेबीले चल्न सक्ने पार्टी नेपालमा कोही छ भने त्यो एमाले मात्रै हो । जब यो संगठन सञ्जालबाट नेपाल टाढिन्छन्, उति नै आर्थिक संकट बढ्दै जान्छ । पार्टी गतिविधिका निम्ति वित्तीय स्रोत अनिवार्य सर्त हो । सत्ता ओलीको कब्जामा छ । सरकारी बजेट दुरुपयोगको सम्भावना कम छ । व्यापारीहरुले प्रतिफल निश्चित नभएका र टाट उल्टिन सक्ने प्रबल सम्भावना भएका क्षेत्रमा किन लगानी गर्छन् रु यसअघि माओवादीसँग मिलेर गरेको हामी यहाँ छौँ भन्ने आन्दोलनकै नाममा लागेको ऋण अहिले प्रचण्डले तिर्ने कि माधव नेपालले भन्नेमै विवाद छ । त्यसमाथि नयाँ स्रोत जुटाएर, जगैदेखि नयाँ संगठन बनाएर पार्टी चलाउन बहुतै मुस्किल छ । कांग्रेस र एमालेजस्ता संस्थागत पार्टीसँग प्रतिस्पर्धा गर्न त झन् फलामको च्युरा पचाउनुसरह हुनेछ ।

    ६. विपक्षी गठबन्धन बार्गेनिङ मात्र

    माधव नेपालले ओलीविरुद्ध युद्ध घोषणा गर्दा अहिलेजस्तो पार्टीविहीन भइएला भन्ने सोचेकै थिएनन् । प्रचण्डसँग मिलेर ओलीलाई गलहत्याउने, अनि प्रचण्डलाई माओवादी जनयुद्धको अवगाल बोकाएर पाखा लगाउने अनि दुई तिहाइ निकटको शक्तिको नेतृत्व आफूले गर्ने मीठो सपना उनले देखेका थिए । ओलीले फालेका एकपछि अर्को पासामा पराजित बन्दै जाँदा माधव नेपाल पार्टीविहीन बन्न पुगे । हुँदाहुँदा अब उनको शीर्षपंक्तिमा कुनै आसलाग्दो नेता पनि बाँकी नरहने अवस्था आउँदै । लालबाबु यादव, शेरबहादुर तामाङ, उषाकला राई, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट, ठाकुर गैरे, भीम आचार्य, कृष्णभक्त पोखरेल लगायतले मूल धार रोजेपछि माधव नेपालको नयाँ पार्टीमा पदाधिकारीकै सिट पनि खाली हुने अवस्था छ । उस्तै परे आउँदो चुनावमा सबै क्षेत्रमा उम्मेदवार पाउन पनि मुस्किल पर्नेछ । यो कुराको राम्रोसँग आकलन गरिसकेकाले माधव नेपाल अहिले विपक्षी गठबन्धनलाई केवल ओलीसँग बार्गेनिङका लागि मात्र उपयोग गरिरहेका छन् । ओलीको ठाउँमा शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाएर प्रतिगमन सच्चिँदैन भन्ने हरेक एमाले कार्यकर्तालाई थाहा छ । प्रचण्डलाई त झनै थाहा छ । तर, ओलीलाई एक कदम मात्र पछि हटाउन सके पनि पार्टीमा आफ्नो हात माथि पार्न सकिन्छ भन्ने दाउ माधव नेपालको रहेको छ । तसर्थ, माधव नेपालले किन नयाँ पार्टी अझै घोषणा गरेनन् भन्ने प्रश्न असान्दर्भिक र अनुपयुक्त छ । बरु अब माधव नेपाल ओलीसँगैको कुर्सीमा बस्ने गरी पार्टी कार्यालयमा कहिले जान्छन् भन्ने प्रश्न बढी सान्दर्भिक होला कि, शेरबहादुर देउवाज्यू ?

    खवर मुलुक बाट

    बुधबार, जेठ २६, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने
    चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै
    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धसहित पाँच जनाको मृत्यु, १४ घाइते
    बारामा श्रीमतीमाथि कुटपिट गरेको भोलिपल्ट मृत्यु, श्रीमान् पक्राउ
    शुक्रबारसम्म देशभर वर्षाको सम्भावना, शनिबारदेखि मौसममा सुधार हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.