काठमाडौं । विश्वका विभिन्न देशमा पछिल्लो समय देखिएको नयाँ भेरियन्टसहितको कोरोनाभाइरसको संक्रमण विस्तारै घट्न थालेको छ ।
कोरोना संक्रमणका बीच विभिन्न देशमा कोरोना खोप पनि लगाइएको छ । वर्ल्डोमिटर्सको तथ्यांक हेर्दा अहिले केही देशमा मात्र संक्रमितको संख्या बढेको देखिन्छ ।
वर्ल्डोमिटर्सको तथ्यांक अनुसार विश्वभर कोरोना संक्रमितको संख्या १७ करोड ७४ लाख १४ हजार ४ सय ७१ पुगेको छ भने कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३८ लाख ३८ हजार ५ सय ६ पुगेको छ ।
त्यस्तै हालसम्म विश्वमा १६ करोड १८ लाख ५९ हजार १६८ कोरोना संक्रमित उपचारपछि निको भइसकेका छन् । त्यस्तै अमेरिकामा मात्र कोरोनाको संक्रमणबाट ६ लाख १५ हजार ७ सय १७ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ३ करोड ४३ लाख ५२ हजार १ सय ८५ पुगेको छ । यस्तै अमेरिकामा २ करोड ८५ लाख ७८हजार ७ सय १ कोरोना संक्रमित निको भइसकेका छन् ।
त्यस्तै ब्राजिलमा कोरोनाको संक्रमणबाट मुत्यु हुनेको संख्या ४ लाख ९१ हजार १ सय ६४ पुगेको छ भने संक्रमितको संख्या १ करोड ७५ लाख ४३ हजार ८ सय ५३ पुगेको छ ।

