काठमाडौं । भारतमा कोरोनाभाइरसको संक्रमण र मृत्यु दर घट्न थालेको छ । भारतमा कुनै समय दैनिक ४ लाख कोरोना संक्रमित फेला परेका थिए । तर पछिल्लो समय कोरोना संक्रमितको संख्या घट्दै गएको छ ।
भारतमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ सय ७२ जनाको मृत्यु भएको छ । यसअघि भारतमा एकैदिन ५ सय १ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो । यससँगै हालसम्म भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ लाख १४ हजार ५१३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा २९ हजार ४२४ जनामा कोरोना संक्रमण देखिएको छ । यसअघि एकैदिन ३८ हजार ३२५ जना कोरोना संक्रमित थपिएका थिए । यससँगै कोरोना संक्रमितको कुल संख्या ३ करोड ११ लाख ७३ हजार जना पुगेको छ । यस्तै हालसम्म ३ करोड ३ लाख ४६ हजार १ सय ३१ कोरोना संक्रमित निको भइसकेका छन् ।
भारतको महाराष्ट्र, राजस्थान, तामिलनाडू, पन्जाब, मध्य प्रदेश, दिल्ली, गुजरात, कर्नाटक, हरियाणा लगायतका स्थानमा पछिल्लो समय कोरोनाको बढी प्रभाव रहेको छ ।
