काठमाडौं । विश्वका विभिन्न देशमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण विस्तारै घट्दै गइरहेको छ । अहिले विभिन्न देशमा कोरोना खोप पनि लगाइएको छ । वर्ल्डोमिटर्सको तथ्यांक हेर्दा अहिले केही देशमा मात्र कोरोना संक्रमितको संख्या बढेको देखिन्छ ।
वर्ल्डोमिटर्सको तथ्यांक अनुसार हालसम्म विश्वभर कोरोना संक्रमितको संख्या १९ करोड १७ लाख १२ हजार ९ सय ६७ पुगेको छ भने यसबाट मृत्यु हुनेको संख्या ४१ लाख १२ हजार ७ सय ९२ पुगेको छ ।
त्यस्तै हालसम्म विश्वभर १७ करोड ४५ लाख ६७ हजार २ सय ३४ कोरोना संक्रमित उपचारपछि निको भइसकेका छन् । त्यस्तै अमेरिकामा मात्र कोरोनाको संक्रमणबाट ६ लाख २४ हजार ९ सय ८३ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ३ करोड ५० लाख १८ हजार ६ सय पुगेको छ । यस्तै अमेरिकामा २ करोड ९४ लाख ६ हजार २ सय २ कोरोना संक्रमित निको भइसकेका छन् ।
त्यस्तै ब्राजिलमा कोरोनाको संक्रमणबाट मुत्यु हुनेको संख्या ५ लाख ४२ हजार ८ सय ७७ पुगेको छ भने संक्रमितको संख्या १ करोड ९३ लाख ९१ हजार ८ सय ४५ पुगेको छ ।

