काठमाडौं । भारतमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण र मृत्यु दर घटबढ भइरहेको छ । भारतमा कुनै समय दैनिक ४ लाख कोरोना संक्रमित फेला परेका थिए । तर पछिल्लो समय कोरोना संक्रमितको संख्या घटबढ भएको छ ।
भारतमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५ सय ९८ जनाको मृत्यु भएको छ । यससँगै हालसम्म भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ लाख २३ हजार ८४२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ४१ हजार ४९९ जनामा कोरोना संक्रमण देखिएको छ । यससँगै कोरोना संक्रमितको कुल संख्या ३ करोड १६ लाख १२ हजार ७९४ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ३७ हजार ३ सय १४ कोरोना संक्रमित निको भएका छन् । यससँगै हालसम्म ३ करोड ७ लाख ७३ हजार ५ सय ५५ कोरोना संक्रमित निको भइसकेका छन् ।
