जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको आज असार २३ गते आइपिओ बाँडफाँड भएको छ। सो आइपिओ बाँडफाँड लघुवित्तको निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडको कार्यालयमा सम्पन्न भएको हो।
मागभन्दा बढी आवेदन परेको यस लघुवित्तको प्राथमिक निष्काशनको बाँडफाँड गोलाप्रथाबाट गरिएको छ। कुल २० लाख ८७ हजार ३१७ आवेदन मध्ये योग्य आवेदक २० लाख १८ हजार ३०८ जनाले आवेदन दिएकोमा १८ लाख ३३ हजार ५०७ जना आवेदकको हात खाली हुने भएको छ।
बाँकी आवेदकमा १ लाख ८४ हजार ७९६ जनाले १० कित्ताको दरले लघुवित्तको शेयर पाउने छन् भने भाग्यमानी ५ जनाले ११ कित्ता शेयर पाउने भएका छन्। जीवन विकास लघुवित्तको आइपिओमा कुल रु. ३ अर्ब १२ करोड ९९ लाख ३४ हजार बराबरको आवेदन परेको थियो।
आवेदकले आइपिओ रिजल्ट कम्पनी तथा बिक्री प्रबन्धकको वेभसाइट र सिडिएससीको आइपिओ रिजल्ट हेर्ने नयाँ वेभसाइटबाट हेर्न सक्नुहुन्छ।
रिजल्ट हेर्नका लागि यहाँ क्लिक गर्नुहोस्।
जीवन विकास लघुवित्तले जारी पूंजी रु.६० करोड ८४ लाखको (३२.५%) हुन आउने रु.१९ करोड ७७ लाख ३० हजार रकम बराबर प्रति शेयर रु.१०० अंकित दरका १९ लाख ७७ हजार ३ सय कित्ता साधारण शेयर मध्य ३० हजार ४ सय २० कित्ता शेयर (जारी पूंजीको ०.५%) कर्मचारीहरुलाई र ९८ हजार ८ सय ३५ कित्ता शेयर (कुल निष्काशनको ५%) सामुहिक लगानी कोषको लागि सुरक्षित गरी बाँकी रहने १८ लाख ४८ हजार १५ कित्ता साधारण शेयर आइपिओ मार्फत बिक्री गरेको छ।
