काठमाडौं । भारतमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण र मृत्यु दर घटबढ भइरहेको छ । भारतमा कुनै समय दैनिक ४ लाख कोरोना संक्रमित फेला परेका थिए । तर पछिल्लो समय कोरोना संक्रमितको संख्या घटबढ भएको छ ।
भारतमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४ सय २४ जनाको मृत्यु भएको छ । यसअघि एकैदिन ५ सय ४२ जनाको कोरोनाबाट मृत्यु भएको थियो । यससँगै हालसम्म भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ लाख २४ हजार ८ सय ८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ४१ हजार ७८४ जनामा कोरोना संक्रमण देखिएको छ । यसअघि एकैदिन ४१ हजार ७९० जना संक्रमित थपिएका थिए । यससँगै कोरोना संक्रमितको कुल संख्या ३ करोड १६ लाख ९५ हजार ३ सय ६८ पुगेको छ । यस्तै हालसम्म ३ करोड ८ लाख ४९ हजार ६ सय ८१ कोरोना संक्रमित निको भइसकेका छन् ।
