• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

फेरि इरानमाथि औँला ठडियो , पानीजहाज छोडेर अन्यत्र गए सन्दिग्ध अपहरणकारी


  •   बिहिबार, साउन २१, २०७८ मा प्रकाशित
  • पानामाको झण्डा भएको एउटा पानीजहाजलाई सशस्त्र व्यक्तिहरूले ओमानको खाडीबाट “अपहरण गरेर इरानतिर जान आदेश दिएको” घटना टुङ्गिएको अधिकारीहरूले बताएका छन्।

    Advertisement

    सशस्त्र व्यक्तिहरू अहिले उक्त पानीजहाजबाट छोडेर अन्यत्र गइसकेका र त्यहाँ भएका अरू सबै मानिस सुरक्षित भएको बताइएको छ।यूकेको पानीजहाजको सुरक्षा हेर्ने निकायले उक्त सम्भावित अपहरणको घटना अब टुङ्गिएको जनाएको छ। तर उसले त्यसबारे विस्तृत जानकारी दिएको छैन।

    अलकत्रा बोकेको एमभी आस्फल्ट प्रिन्सेस नामक उक्त पानीजहाज मङ्गलवार एउटा भिडभाडयुक्त साँघुरो मार्गबाट स्ट्रेट अफ होर्मुजतिर गएको लोयड्स लिस्ट म्यारिटाइम इन्टेलिजेन्सले जनाएको थियो।

    पानीजहाजलाई कसले कब्जामा लिएको थियो भन्ने अझै स्पष्ट नभए पनि विश्लेषकहरूले इरानी फौजमाथि औँला ठड्याएका छन्। इरानको रेभुलूशनरी गार्ड्सले आफ्नो संलग्नताबारे प्रकाशित समाचार खण्डन गर्दै त्यो तेहरानविरुद्ध “शत्रुतापूर्ण व्यवहारको” बहाना भएको जनाएको छ।

    घटनाका शृङ्खला कस्तो?
    इजरेली स्वामित्वको एउटा कम्पनीको तेल ट्याङ्करलाई ओमानमाथि ड्रोनबाट आक्रमण गरेर दुई सुरक्षागार्डलाई मारिएको एक साताभन्दा कम समयमै यो घटना सार्वजनिक भएको हो।

    पहिलो घटनामा ज्यान गुमाउनेमा ब्रिटेन र रोमेनियाका नागरिक थिए।अमेरिका, यूके र इजरेलले उक्त हमलाका लागि इरानलाई दोष दिए पनि तेहरानले त्यसलाई ठाडै अस्वीकार गरेको छ।

    बीबीसीका सुरक्षा संवाददाता फ्र्याङ्क गार्डनरले एमभी आस्फल्ट प्रिन्सेस दुबईमा रहेको एक कम्पनीको स्वामित्वमा रहेको र त्यसको एउटा पानीजहाजलाई इरानी सेनाले दुई वर्षअघि पनि अपहरण गरेको जनाएका छन्।

    समाचारहरूका अनुसार एमभी आस्फल्ट प्रिन्सेस स्ट्रेट अफ होर्मुजको प्रवेशबिन्दुनजिकै पुग्दा नौ जनाजति सशस्त्र पुरुषहरू त्यसमा चढेको गार्डनरले बताए। त्यस क्षेत्रबाट समुद्री मार्गबाट हुने विश्वको पाँच भागको एक भाग तेल आपूर्ति हुन्छ।

    कसले के भने?
    यसअघि यूकेको समुद्री व्यापार सञ्चालन सम्बन्धी निकाय (यूकेएमटीओ)ले ओमानको खाडीमा फुजारानजिकै पानीजहाजलाई लैजाँदा विशेष ध्यान दिन भन्दै सजग गराएको थियो।

    यूकेको विदेश मन्त्रालयका एक प्रवक्ताले यूएईको तटनजिकै भएको उक्त घटनाको आफूहरूले आपत्कालीन अनुसन्धान गर्ने बताएका छन्। ह्वाइटहाउसले सो घटनालाई “निकै अशान्तिकारक”को सङ्ज्ञा दिएको छ।

    यूकेएमटीओले सुरुमा पानीजहाजहरूलाई उक्त घटनाबारे सचेत गराउँदै त्यसको केही घण्टामा त्यसलाई “राजनीतिक अपहरण” घोषणा गरेको थियो। सोही समयमा समुद्रमाथि ओमान एअर फोर्सको एउटा हवाई गस्ती भइरहेको flightradar24.com को विवरणले देखाउँछ।

    इरानको विदेश मन्त्रालयले मङ्गलवार कयौँ पानीजहाजहरू संलग्न भएका समाचारलाई “सन्देहपूर्ण” भन्दै तेहरानविरूद्ध “कुनै गलत माहोल’ नबनाउन चेतावनी दिएको छ।समाचार बीबीसी नेपालीबाट साभार गरिएको हो ।

    बिहिबार, साउन २१, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संयुक्त राष्ट्रसंघमा नेतान्याहुको सम्बोधन: ७५ देशका प्रतिनिधिद्वारा बहिष्कार
    जापानी पौडीबाज ओहाशीले तोडिन् २०० मिटर ब्रेस्टस्ट्रोकको विश्व कीर्तिमान
    केल्मी नेपालद्वारा प्रधानमन्त्री राहत कोषमा १५ लाख ५ हजार ५ सय ५५ सहयोग, डेढ करोडको ‘क्लोथ बैंक’ सञ्चालन गर्ने
    हर्क साम्पाङले जितेपछि बालेनको टिप्पणी- तपाइँ र धरानलाई सधै माया छ !
    मन्त्रिपरिषद्को बैठकका १९ निर्णय सार्बजनिक
    प्रवासबाटै मतदाता नामावली दर्ता गराउने व्यवस्था गर्न रास्वपाको माग

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.