काठमाडौं – अफगानिस्तानको काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाहिर विस्फोट भएको छ । विहिबार साझँ विमानस्थलबाहिर विस्फोट हुँदा कम्तीमा ११ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । हामिद कर्जाइ अन्तर्राष्ट्रिय विमानस्थलको प्रवेशद्वारबाहिर एउटा आत्मघाती बम विस्फोट हो ।
विस्फोटबाट भएको क्षतिबारे अन्य थप विवरण नआएको बताइएको छ । पेन्टागनका प्रेस अधिकारी जोन किर्बीले विस्फोटमा भएका हताहतीको यकिन संख्या नआएको बताउका छन्।
हमला हुन सक्ने भन्दै विभिन्न युरोपेली मुलुकले काबुल विमानस्थलबाट गर्दै आएको उद्धारको कार्य बन्द गरेका थिए । उद्धारको कार्य बन्द गरेकै दिन विस्फोट भएको बताइएको छ । विमानस्थलमा अझै हजारौँ मानिस उद्धारको आशामा बसिरहेका छन् ।
