काठमाडौं – अफगानिस्तानको काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाहिर फेरि विस्फोट भएको छ । आइतबार विमानस्थलबाहिर विस्फोटको आवाज सुनिएको बीबीसीले जनाएको छ ।
विमानस्थल नजिकै ठूलो विस्फोटनको आवाज सुनिएको र धुवाँको मुस्लो देखिएको केही तस्बिरहरु सामाजिक सञ्जालमा पोस्ट भएका छन् । विमानस्थल नजिकै रहेको एउटा घरमा रकेट ठोक्किएको बताइए पनि अहिले विस्फोटको कारण स्पष्ट भएको छैन ।
आज नै अमेरिकी राष्ट्रपति जो बाइडनले काबुल विमानस्थलमा फेरि हमला हुन सक्ने चेतावनी पनि दिएका थिए। गएको बिहिबार विमानस्थल बाहिर भएको एक विस्फोटमा कम्तीमा १७० जनाको मृत्यु भएको थियो भने धेरै घाइते भएका थिए ।
