काठमाडौं – अफगानिस्तानको काबुलमा भएको हमलामा एकै परिवारका ९ जनाको मृत्यु भएको छ । आइतबार काबुलमा अमेरिकाले गरेको ड्रोन हमला गरेको थियो । उक्त हमलामा ६ बालबालिकासहित ९ जना सर्वसाधरण मारिएको जनाइएको छ ।
शंकास्पद इस्लामिक स्टेट खोर्साना (आइएस–के) आबद्ध लडाकूलाई लक्षित गरी गरिएको हमलामा एकैपरिवारका मारिएपछि विरोध गरिएको छ । आफ्नो परिवारको सदस्य गुमाएका एक व्यक्तिले भने ‘हामी आइएस होइनौं । अमेरिकी हमलामा सबै सदस्य गुमायौं
विस्फोटपछि घरमा आगो लागेको बताइएको छ । यसअघि विहीबार काबुल बिमानस्थल बाहिर आइएसले गरेको हमलामा १३ अमेरिकी सेनासहित १ सय ७० जनाको मृत्यु भएको थियो । आइतबार पनि त्यस स्थानमा ठूलो विस्फोटनको आवाज सुनिएको र धुवाँको मुस्लो देखिएको केही तस्बिरहरु सामाजिक सञ्जालमा पोस्ट भएका थिए ।
