काठमाडौं । विश्वका विभिन्न देशमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण विस्तारै घट्दै गइरहेको छ । अहिले विभिन्न देशमा कोरोना खोप पनि लगाइएको छ। वर्ल्डोमिटर्सको तथ्यांक हेर्दा अहिले केही देशमा मात्र कोरोना संक्रमितको संख्या बढेको देखिन्छ ।
वर्ल्डोमिटर्सको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा विश्वभर ३ लाख ७९ हजार ७ सय २९ कोरोना संक्रमित थपिएका छन् । यससँगै विश्वभर कोरोना संक्रमितको संख्या २३ करोड २२ लाख ४८ हजार ३ सय ९९ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा विश्वभर ५ हजार ९ सय ३३ कोरोना संक्रमितले ज्यान गुमाएका छन् । हालसम्म विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ४७ लाख ५६ हजार ५ सय २४ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ३ लाख ९९ हजार ९ सय २७ कोरोना संक्रमित निको भएका छन् । यससँगै हालसम्म विश्वभर २० करोड ८८ लाख ५६ हजार ५ सय ९८ कोरोना संक्रमित निको भइसकेका छन् ।
त्यस्तै अमेरिकामा मात्र कोरोनाको संक्रमणबाट ७ लाख ६ हजार ५८ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ४ करोड ३७ लाख २५ हजार ६ सय ४ पुगेको छ । यस्तै अमेरिकामा ३ करोड ३१ लाख ६२ हजार ४४ कोरोना संक्रमित निको भइसकेका छन् ।
त्यस्तै ब्राजिलमा कोरोनाको संक्रमणबाट मुत्यु हुनेको संख्या ५ लाख ९४ हजार २ सय ४६ पुगेको छ भने संक्रमितको संख्या २ करोड १३ लाख ४३ हजार ३ सय ४ पुगेको छ ।

