काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा अधिकतम ९०० रुपैयाँले बढेर ८९ हजार ६०० रुपैयाँ र चाँदी तोलामा २० रुपैयाँले बढेर एक हजार १४० रुपैयाँ पुगेको हो ।
गत बिहीबार बजारमा सुन तोला दुई सय रुपैयाँले घट्दै ८८ हजार ७०० रुपैयाँ र चाँदी ३५ रुपैयाँले घट्दै एक हजार १२० रुपैयाँमा कारोबार भएको थियो ।
यता, तेवाबी सुनको मूल्य भने आज ८९ हजार १५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
