• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ३. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ८. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • ९. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • १०. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

औद्योगिक विकासमा पूर्वाग्रह नराखौँ : पूर्वअर्थमन्त्री पौडेल


  •   शनिबार, असोज २३, २०७८ मा प्रकाशित
  • काठमाडौँ । नेकपा(एमाले) का नेता विष्णुप्रसाद पौडेलले आर्थिक तथा औद्योगिक विकासमा पूर्वाग्रह नराख्न आग्रह गरेका छन् । रुपन्देही उद्योग सङ्घको ४३औँ वार्षिक साधारणसभा तथा २२औँ अधिवेशनको आज बुटवलमा उद्घाटन गर्दै पौडेलले विकासमा पूर्वाग्रह राख्दा नकारात्मक सन्देश जाने भएकाले त्यस्ता खालका गतिविधि नगर्न अनुरोध गरे ।

    Advertisement

    पूर्वअर्थमन्त्रीसमेत रहनुभएका पौडेलले निजी क्षेत्रलाई राष्ट्र निर्माणमा सहभागी गराउने र आत्मनिर्भर अर्थतन्त्रको जग बसाल्नका लागि राज्यले निर्वाह गर्नुपर्ने भूमिकामा कमी आउन नहुने धारणा राखे । पौडेलले आफू अर्थमन्त्री रहँदा ल्याएको बजेटमा निजी क्षेत्रका माग र आवश्यकतालाई समावेश गरेको जनाउँदै त्यसलाई वर्तमान गठबन्धन सरकारले तोडमोड गर्ने प्रयास गरेको भन्दै सच्याउन सुझाव दिए ।

    उनले बजेटमार्फत उद्योगका क्षेत्रमा समावेश गरिएका सकारात्मक योजनामा सरकारको मौनताले औद्योगिक क्षेत्रको विकासमा बाधा उत्पन्न हुने बताए ।  “उद्योगको विकासबिना देशको आर्थिक विकास सम्भव छैन, सोही मान्यताका साथ बजेटमा निजी क्षेत्रको भावनालाई समेटेर बजेट आएको थियो, तर अहिले केही कटौती गर्ने काम भएको छ, त्यो गलत हो, विकासमा कोही बाधक बन्न हुँदैन”, पौडेलले भने ।

    पौडेलले यस क्षेत्रमा अगाडि बढाइएका विकासका योजना तथा कार्यक्रम जुन उद्देश्यले अगाडि बढाइएको र त्यसमा कसैले हेल्चक्रयाइँ नगर्न चेतावनी दिए । उनले भने, “पुराना योजना र कार्यक्रममा कैची चलाउने कोसिस भएको सुनेको छु, त्यो काम नहोस्, नीति–नियम बनाएर काम अगाडि बढाउनेतर्फ लागियोस् ।”

    सम्बोधनका क्रममा निर्माणको अन्तिमचरण पुगेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दोस्रो चरणको काम अगाडि बढाउने विषयमा सरकारले आनाकानी गरेको प्रति सचेत गराउँदै यस क्षेत्रको आर्थिक विकासका लागि उक्त काम रोकिन नहुने उहाँले धारणा राखे ।

    उनले मोतिपुर औद्योगिक क्षेत्रको काम जुन लक्ष्य र उद्देश्यबाट अगाडि बढाइएको हो त्यसअनुसार नभए त्यसमा उद्योगीले नै पहलकदमी लिनुपर्ने बताए । कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका पूर्वउद्योगमन्त्री तथा प्रदेश सदस्य लीला गिरीले उद्योगको संरक्षण र विकासका लागि आफ्नो पालामा धेरै राहत तथा सहुलियत प्याकेजका कार्यक्रम अगाडि सारेको उल्लेख गर्दै त्यसअनुसार काम हुन सकेमा औद्योगिक विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

    लुम्बिनी प्रदेशका पूर्वस्वास्थ्यमन्त्री तथा प्रदेश सदस्य भोजप्रसाद श्रेष्ठले मुलुकको औद्योगिक विकास र आत्मनिभर अर्थतन्त्रको विकासमा राजनीतिक द्वन्द्वका कारण बाटो बिराउने अवस्था आएको हुदाँ त्यसलाई रोक्न उद्योगीले खबरदारी गर्ने बेला आएको बताए । उद्योगको विकासलाई व्यवस्थित बनाउने दायित्व सबैको भएको हुँदा त्यसमा राजनीति नगर्न उहाँले आग्रह गरे ।

    शनिबार, असोज २३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सुनचाँदीको मूल्य बढ्यो
    चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै
    सुनचाँदीको मूल्य घट्यो
    सुन तोलामा २ हजार २०० रुपैयाँले घट्यो, चाँदीको मूल्य पनि ओरालो
    सुन तोलामा २ हजार ९०० र चाँदी १५ रुपैयाँले बढ्यो
    सुनको मूल्य बढ्यो, चाँदी घट्यो

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ३.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.