तालिवानले गत १५ अगस्टमा काबुल कब्जा गरेपछि पाकिस्तानी मन्त्रीले अफगानिस्तानको भ्रमण गरेका हुन् । राजधानी इस्लामबादमा आयोजित पत्रकार सम्मेलनमा विदेशमन्त्री कुर्शीले प्रधानमन्त्री मोहम्मद हसन अखुन्दसहित अफगानिस्तानको अन्तरिम सरकारसँगको प्रतिनिधिमन्डलस्तरीय वार्ता सकरात्मक भएको बताए ।
‘अफगानिस्तानले सामना गरेको जटिल परिस्थितिमा पाकिस्तान अफगानीको साथमा छ,’ खुर्सीले भने, ‘यसबारे हामीले कहिल्यै पनि शंका गरेका छैनौं ।’
तालिवानको काबुल कब्जापछि पाकिस्तानले सीमा आवतजावतमा प्रतिबन्ध लगाउँदै आएको थियो, जसका कारण दुई देशबीचको तनाब चुलिएको थियो । काबुल भ्रमणपछि पाकिस्तानको नीतिमा महत्वपूर्ण परिवर्तन आएको खुर्सीले घोषणा गरे ।
त्यस्तै, पाकिस्तानले अफगानिस्तानका नागरिकहरुमाथि लगाउँदै आएको भिसा शुल्क ३१ डिसेम्बरसम्मका लागि हटाएको छ । पाकिस्तानमा मेडिकल उपचार खोजी रहेका अफगान यात्रुहरुलाई भिसा प्रदान गर्ने पनि पाकिस्तान सरकारले जनाएको छ । एजेन्सी
मध्यअगस्टमा अफगान सत्तापलटपछि तालिवानको अन्तरिम सरकारले आर्थिक संकट सामना गरिरहेको छ । अफगानिस्तानको केन्द्रीय बैंकहरुको अर्बौं रकम अमेरिकाले रोक्का गरिदिएको छ ।
