नेकपा एमाले भरतपुर महानगर कमिटिको उपसचिब पदमा सागर पाठकले उम्मेद्वा्रि दिने भएका छन्। पाठकको राजनितिक यात्रामा बिगत १•५ दशक देखि अर्थात् बिगत १५ बर्ष देखि अखिलकाे स्कुल प्रारम्भिक कमिटी अध्यक्ष देखि देशकै ठुलाे प्राबिधिक कलेज नेपाल पाेलिटेक्निक ईन्सिच्युटकाे अनेरास्वबियु सेक्सन कमिटि अध्यक्ष हुदै क्यापस कमिटि सदस्य , सचिबालय , सचिब हुदै संयाेजक सम्म जिम्मेवारी बहन गर्दै ऐतिहासिक सम्मेलन समपन्न गरेकाे लामाे अनुभबकाे साथै अनेरास्वबियु चितवन जिल्ला कमिटीकाे निर्बाचन हुदै गर्दा खुल्ला तर्फ सबैभन्दा अत्याधिक मत ल्याई निर्बाचित भएर क्षेत्रीय ईन्चार्ज सम्मकाे जिम्मेवार बहन गर्दै पाेखरा बिश्वबिधालय राष्ट्रिय कमिटी सदस्य हुदै अनेरास्वबियु केन्द्रीय सदस्य हुदै संगठनकाे जुनसुकै चुनाैती र जिम्मेवार लाई समपन्न गरेका थिए ।।
राजनितिलाइ इमान्दारिताका साथ अगाडि बढाउदै र नेकपा एमाले भरतपुर महानगरपालिका वडा नं ५ मा बिगत लामाे समय देखि वडा कमिटि ,युवा संघमा रहि आफ्नो योगदान दिदै आएका थिए । साथै गत निर्बाचनमा पाटी जिल्ला कमिटीले अनेपेक्षित गरेकाे ठाँउ वडा नं ५ मा समेत जिम्मेवारी लिई पाटी संगठन लाई जितकाे परिणाम निकाल्न जुनसुकै चुनाैतीलाई पार गर्दै ऐतिहासिक जितकाे समेत ईतिहास रचेकाे उनको अनुभब छ।
राजनितिक ,सामाजिक र नैतिक जिम्मेवारी थपिदै जादा आफ्नो राजनितिक कार्यक्षेत्र पनि अलि फराकिलो हुनपर्ने आवश्यकता महशुस गरेर यहि कार्तिक १३ गते हुन गहिरहेकाे भरतपुर महानगर अधिबेशनमा महानगर कमिटि काे उपसचिब पदमा उनको उमेदवारी रहने जानकारी दिए ।
