काठमाडौं । भारतमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण र मृत्यु दर घट्दै गइरहेको छ । भारतमा कुनै समय दैनिक ४ लाख कोरोना संक्रमित फेला परेका थिए । तर पछिल्लो समय कोरोना संक्रमितको संख्या घटिरहेको छ ।
भारतमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ७६ जनाको मृत्यु भएको छ । हालसम्म भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ लाख ६९ हजार ५६ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा ७ हजार ७ सय ५१ जनामा कोरोना संक्रमण देखिएको छ । हालसम्म कोरोना संक्रमितको कुल संख्या ३ करोड ४५ लाख ९५ हजार ७ सय ७३ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा १० हजार १ सय १६ जना निको भएका छन् । भारतमा हालसम्म कोरोनासंक्रमणबाट मुक्त हुनेको संख्या ३ करोड ४० लाख १८ हजार २ सय ९९ पुगेको छ । यस्तै सक्रिय संक्रमितको संख्या एक लाख ८ हजार २ सय १८ रहेको छ ।
