निराज रानाभाट , काठमाडौं : कोरोना भाइरसको नयाँ भेरियन्ट ` ओमिक्रोन ´ १०६ देशमा फैलिँदै गएको विश्व स्वास्थ्य संगठन ( डब्ल्यूएचओ ) ले जनाएको छ ।
मंगलबार डब्ल्यूएचओले आफ्नो साप्ताहिक रिपोर्टमा हालसम्म ओमिक्रोन भेरियन्टका संक्रमित १०६ देशमा पुष्टि भएको जनाएको हो ।
‘ हालैका तथ्यले ओमिक्रोनका संक्रमित वृद्धि हुनेदर डेल्टाको भन्दा बढी भएको र जनसंख्याको इम्युनिटी क्षमता धेरै रहेका एवम् समुदायमा संक्रमण फेला परेका देशमा समेत तीव्र रुपमा फैलिइएको डब्ल्यूएचओको भनाइ छ ।
त्यस्तै , छिमकी देश भारतमा समेत ओमिक्रोनका संक्रमित बढिरहेका छन् । भारतमा बुधबारसम्म यो भेरियन्टबाट २ सय १३ संक्रमित भइसकेका छन् । संक्रमितमध्ये सबैभन्दा धेरै महाराष्ट्र र दिल्लीमा छन् ।
