चितवन, २३ चैत । कोभिड संक्रमणको शुरुवाती चरणदेखि राष्ट्रिय पंक्षीरोग अन्वेषण प्रयोगशालामा रहेको भरतपुर अस्पतालका पिसिआर प्रयोगशाला आफ्नै भवनमा सरेको छ । अस्पतालको आफ्नै नयाँ भवनमा प्रयोगशाला सारिएको हो ।
चितवनमा कोरोना संक्रमण देखिन थालसँगै २०७६ चैतदेखि प्रयोगशाला संचालनमा ल्याईएको थियो । तत्कालिन अवस्थामा प्रयोगशालाका लागि उपयुक्त ठाउँ खोजी गर्ने क्रममा उक्त ठाउँ उपयुक्त भएकाले सोही ठाउँमा प्रयोगशाला राखिएको थियो । अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले हिजोबाट सार्न शुरु गरिएको प्रयोगशामा आजबाट काम शुरु गरिएको छ । उहाँले अब पिसिआर ल्याबबाट हुने सम्पूर्ण परीक्षण यहीबाट हुने उहाँले जानकारी दिनुभयो ।
राष्ट्रिय पंक्षीरोग अन्वेषण प्रयोगशालामा पिसिआर परीक्षण प्रयोगशाला हुँदा पंक्षी रोगको परीक्षण गर्न समस्या भएको गुनासो आएपछि प्रयोगशाला सारिएको उहाँले बताउनुभयो ।

