काठमाडौँ – इराकको बगदादमा बम विस्फोट हुँदा २५ जनाको ज्यान गएको छ भने दर्जनौँ घाइते भएका छन् ।
मंगलबार मुस्लिम पर्व इदको तयारी गरिरहँदा उत्तरी साड सहर क्षेत्रमा बम विस्फोट भएको बीबीसीमा जनाइएको छ । बम विस्फोट घटनाको जिममा इस्लामिक स्टेट (आईएस) समूहले लिएको जनाइएको छ ।
उक्त बम विस्फोट पछिल्लो छ महिनामा त्यहाँ भएको यो सबैभन्दा घातक विस्फोटन भएको बताइएको छ । गएको गत जनवरीमा पनि यसले ३२ जनाको ज्यान जाने गरी गरिएको आक्रमणको जिम्मा लिएको थियो ।
