काठमाडौं । विदेशबाट नेपाली श्रमिकले पठाउने रेमिट्यान्स रकम बैंक वा वित्तीय संस्थामा जम्मा गरे थप एक प्रतिशत ब्याज बढी आउने भएको छ ।
नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिमा वैदेशिक रोजगारीमा रहेका नेपालीले बैंकिङ च्यानलबाट पठाएर बचत गरेमा थप ब्याज दिने व्यवस्था गरेको हो । गभर्नर महाप्रसाद अधिकारी विदेशबाट आउने रकम बैंकिङ च्यानलबाट आएको हुनुपर्ने बताए ।
