• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ३. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ७. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ८. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • ९. सुनचाँदीको मूल्य बढ्यो

  • १०. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

एसियाकै ठूलाे विमानस्थल बनाउँदै भारत, ३ सय ४० अर्ब भारू लगानी गर्ने


  •   शुक्रबार, मङि्सर १०, २०७८ मा प्रकाशित
  • भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नोएडा अन्तर्राष्ट्रिय एयरपोर्टको आज शिलान्यास गरेका छन् । इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट ८० किलोमिटरको दूरीमा निर्माण हुन लागेको यो विमानस्थल एसियाकै ठूलो र भारतको पहिलो प्रदूषणमुक्त हुने बताइएको छ ।

    Advertisement

    योसँगै एउटै प्रदेशमा पाँचवटा विमानस्थल हुने उत्तर प्रदेश (युपी) पहिलो प्रदेश बन्नेछ ।  बुद्धनगरको जवर इलाकामा निर्माण हुने विमानस्थल उत्तरी भारतको ‘लोजिस्टिक गेट–वे’ हुने मोदीको दाबी छ ।

    केन्द्रीय मन्त्री ज्योतिरादित्य सिन्धियाका अनुसार यसको अनुमानित लागत ३४ हजार करोड रहनेछ । जसअन्तर्गत पहिलो चरणको काम सन् २०२४ सम्ममा सम्पन्न हुनेछ । पछि यो विमानस्थल आईजीआई विमानस्थलभन्दा पनि अघि जाने सिन्धियाको भनाइ छ ।

    पहिलो चरणमा नोएडा विमानस्थलमा ८ हजार ९ सय १४ करोड खर्च हुनेछ । सुरुआती चरणमा वार्षिक यात्रु सञ्चालनको क्षमता झन्डै डेढ करोड हुनेछ । १ हजार ३ सय ३० हेक्टर क्षेत्रमा निर्माण हुने उक्त विमानस्थलले लखनउका अधिकांश अन्तर्राष्ट्रिय यातायातलाई सम्हाल्नेछ ।

    पश्चिमी उत्तर प्रदेशबाट १५ प्रतिशत यातायातबाहेक अरू दिल्लीमा आउँछन् । यसले दिल्ली, नोएडा, अलिगढ, आगरा, फरिदाबाद र त्यस आसपासका यात्रुलाई सेवा दिने बुझिएको छ ।

    विमानस्थलबारे दस तथ्य यस्ता छन्ः

    – भारतमा एकीकृत मल्टी–मोडल कार्गो हबसँगैको विमानस्थल अवधारणा पहिलो हुनेछ ।

    – यसलाई दिल्ली–बनारस हाई–स्पिड रेलसँग जोडिनेछ । विमानस्थल र दिल्लीको यात्रा २१ मिनेट मात्रको हुनेछ ।

    – विमानस्थलले ग्राउन्ड ट्रान्सपोर्टेसन सेन्टर बनाउनेछ । त्यसमा मल्टिमोडल ट्रान्जिट हब, हाउजिङ मेट्रो, हाई–स्पिड रेल स्टेसन, ट्याक्सी–बस सेवा र निजी पार्किङ सुविधा हुनेछ ।

    – पाँचवटा अन्तर्राष्ट्रिय विमानस्थल हुने उत्तर प्रदेश भारतकै पहिलो प्रदेश बन्नेछ ।

    – भारतको पहिलो प्रदूषणमुक्त बन्नेछ ।

    – दिल्ली एनसीआरमा बन्ने दोस्रो विमानस्थल । दिल्लीमा हुने हवाइ ट्राफिक कम गर्न सहायक हुने ।

    – यमुना हाई–वे, पश्चिमी राजमार्ग, इस्टर्न पेरिफेरल हाई–वे, दिल्ली–मुम्बई हाई–वे जस्ता प्रमुख राजमार्ग विमानस्थलसँग जोडिनेछन् ।

    – अत्याधुनिक एमआरओ सेवा हुनेछ ।

    – डेडिकेटेट कार्गो टर्मिनलको क्षमता २० लाख मेट्रिक टन हुनेछ । त्यसलाई बढाएर ८० लाख पुर्याइनेछ ।

    – काम सम्पन्न भएपछि यो एसियाकै ठूलो विमानस्थल हुनेछ ।

    शुक्रबार, मङि्सर १०, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सुनचाँदीको मूल्य बढ्यो
    चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै
    सुनचाँदीको मूल्य घट्यो
    सुन तोलामा २ हजार २०० रुपैयाँले घट्यो, चाँदीको मूल्य पनि ओरालो
    सुन तोलामा २ हजार ९०० र चाँदी १५ रुपैयाँले बढ्यो
    सुनको मूल्य बढ्यो, चाँदी घट्यो

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ३.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको

    भर्खरै

    • १.
      धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

    • २.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • ३.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ४.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ५.
      सुनचाँदीको मूल्य बढ्यो

    • ६.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ७.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ८.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.