• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
मङ्गलबार, कार्तिक ०३, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ६. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ७. कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

  • ८. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • ९. सुनचाँदीको मूल्य बढ्यो

  • १०. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

नेपालमा प्याजको अस्वाभाविक मूल्य वृद्धि


  •   बुधबार, भदौ ०६, २०८० मा प्रकाशित
  • भारतले प्याज निर्यातमा ४० प्रतिशत महसुल तोकेसँगै देशकै ठुलो तरकारी बजार कालीमाटीमा प्याज आउन बन्द भएकाले बिक्री हुन छोडेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार बजारमा आइतबार रातिदेखि प्याज भित्रिएको छैन । सामान्य अवस्थामा औसतमा भारतबाट एक सय मेट्रिक टन प्याज भित्रिँदै आएको बजारमा आइतबार बिहान ४० मेट्रिक टन प्याज भित्रिएको थियो । त्यसयता बजारमा प्याज भित्रिएको तथ्याङ्कमा देखिँदैन । बजारमा प्याज भित्रिन छाडेसँगै समितिले दैनिक मूल्य सूचीबाट प्याज हटाएको छ ।

    Advertisement

    समितिका प्रवक्ता विनय श्रेष्ठले बजारमा प्याजभित्र प्याज आउन छाडेपछि प्याज दैनिक मूल्य सूचीबाट हटाएको जानकारी दिनुभयो । “भारतले प्याजमा प्रतिबन्ध लगाएको त होइन, निर्यात महसुल वृद्धि पो गरेको हो,” उहाँले भन्नुभयो, “नियमित कालीमाटी आउने प्याज कहाँ गयो ? खोजी गर्नुपर्ने कसले हो ?” कालीमाटीका व्यापारीहरू कालीमाटी भित्रिँदै आएको प्याज निर्यातकर्ताले अन्य बजारबाट महँगोमा बिक्री गरेको बताउँदै आएका छन् ।

    भारतको सेन्ट्रल बोर्ड अफ इनडाइरेक्ट ट्याक्स एन्ड कस्टमले गत शनिबार प्याजमा ४० प्रतिशत निर्यात महसुल लगाएको थियो । उक्त महसुल २१ डिसेम्बर २०२३ सम्म लागु हुने भनिएको छ ।

    भारत सरकारले आफ्ना नागरिकलाई राहत दिने उद्देश्यले यस्तो निर्णय गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । भारतमा अहिले प्याजको भाउ प्रतिकेजी २४ भारु (नेपाली ३८ रुपियाँ) खुद्रामा कारोबार भइरहेको छ । भारतमा अगस्ट महिनामा विगत एक दशकयताकै सुक्खायाम लागेकाले पनि उत्पादनमा कटौती भएको आकलन गरिएको छ ।

    आइतबार कालीमाटी फलफूल तथा तरकारी बजारमा प्रतिकेजी ६१ रुपियाँ थोकमा कारोबार भएको प्याजको भाउ सोमबार बढेर ९० रुपियाँसम्म पुगेको छ । यसको भाउ खुद्रामा ११० रुपियाँमा कारोबार भएको छ । जुुन स्वाभाविक मूल्य हो ।

    बजारमा प्याजको कृत्रिम अभाव सिर्जना गरी मौज्दात रहेको प्याजको मनलाग्दी मूल्य राखेर बिक्री गर्न थालेका छन् । जब कि भारतबाट आयातै गरिएकै छैन । आइतबार रातिदेखि कालीमाटी बजारमा भित्रिनुपर्ने प्याजको ट्रक नै कहाँ ‘गायब’ पारिनुले प्याजमा कालोबजारी भएको स्पष्ट हुन्छ ।

    कालीमाटी तरकारी बजारमा शतप्रतिशत प्याज भारतबाटै आउँछ । भारतले शनिबारदेखि निर्यात महसुल लागु गरे पनि शनिबार भन्सार बन्द भएकाले आइतबार बिहान ४० मेट्रिक टन आए पनि रातिदेखि भने नआएको समितिका सूचना अधिकारी श्रेष्ठको भनाइ छ । आइतबार कम परिमाणमा भित्रिए पनि व्यापारीसँग प्याज मौज्दात छ तर भारतले निर्यात महसुल लगाएको चर्चासँगै यहाँ तत्काल मूल्य वृद्धि गरेर कालोबजारी गरेको उपभोक्ता अधिकारकर्मी प्रेमलाल महर्जनले बताउनुभयो । भारतको निर्यात महसुल वृद्धि गर्ने नीतिले महँगी बढ्नु स्वाभाविक भए पनि तुरुन्तै बढ्नु स्वाभाविक नभएको उहाँको तर्क छ । अधिकारकर्मी महर्जनले बजारमा देखिएको अस्वाभाविक मूल्य वृद्धि नियन्त्रण गर्न नियामक निकाय चनाखो हुन नसक्दाको परिणाम हो भन्नुभयो ।

    अस्वाभाविक मूल्य वृद्धि गर्नेलाई नछाड्ने : विभाग महानिर्देशक

    बजार अनुगमन र मूल्य नियन्त्रणको जिम्मेवारी पाएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सोमबार र मङ्गलबार प्याजको अनुगमन गरेर बढी मूल्य लिने व्यवसायीलाई कारबाही तथा जरिबाना गरेको जनाएको छ । विभागले अस्वाभाविक रूपमा प्याजको भाउ बढाउने व्यापारीलाई नछाड्ने जनाएको छ ।

    विभागका महानिर्देशक गजेन्द्रकुमार ठाकुरले विभागको चार वटा टोलीले कालीमाटी, बल्खु, बानेश्वर, बालाजु, ललितपुर, भक्तपुरका मुख्य तरकारी बजारमा गोदाममा अनुगमन गर्दा सबै गोदाम खाली भएको पाइएको जानकारी दिनुभयो । भारतको निर्यात महसुल बढाउने नीति आउनेबित्तिकै प्याजको भाउ बढ्नु, रातारात गोदाम खाली हुनु अस्वाभाविक भएको बताउँदै उहाँले भन्नुभयो, “भारतको निर्णयको मसी सुक्न नपाउँदै मूल्य बढाउनका लागि गोदाम सारिएको छ । यो व्यवहारले हाम्रो व्यापारमा नैतिकता र इमानदारिता हराएको स्पष्ट हुन्छ ।”

    महानिर्देशक ठाकुरका अनुसार विभागले सोमबार बिहानै उपत्यकामा प्याज आयात गर्ने मुख्य चार व्यापारीलाई फोनमार्फत खरिद र बिक्री बिलसहित विभागमा उपस्थिति हुन निर्देशन दिएको थियो । विभागका अनुसार ती व्यापारीमध्ये तीन व्यापारीले कागजात पेस गरेका छन् र एउटाले भने काठमाडौँबाहिर भएको बहाना बनाइरहेको छ ।

    विभागमा आएका तीन व्यापारीको खरिद र बिक्री बिल पनि सन्तोषजनक भएको नपाइएकाले थप प्रमाणको खोजी भइरहेको महानिर्देशक ठाकुरले जानकारी दिनुभयो । भारतले लगाएको निर्यात र त्यसले पार्न सक्ने मूल्य वृद्धिको अध्ययन गरिने वाणिज्य विभागका महानिर्देशक ठाकुरले बताउनुभयो । बिचौलियाले थप बढाउन सक्ने मूल्यप्रति विभाग सचेत रहने पनि उहाँको भनाइ छ ।

    प्याज आयातमै भर

    कृषि विभागका अनुसार नेपालमा कञ्चनपुरदेखि झापासम्म प्याज उत्पादन हुन्छ । ती क्षेत्रमा औसत २० हजार २५१ हेक्टरमा प्याज खेती हुने गरेको विभागको तथ्याङ्क छ । यहाँ वार्षिक करिब तीन लाख मेट्रिक टन उत्पादन हुन्छ । बाँकी आयातमै निर्भर हुनुपर्ने बाध्यता छ । गत आर्थिक वर्षमा ११ करोड ७४ लाख रुपियाँको प्याज आयात भएको भन्सार विभागको तथ्याङ्क छ । त्यसमध्ये भारतबाट सात करोड १० लाख र चीनबाट चार करोड ६३ लाख रुपियाँको प्याज आएको छ ।

    बुधबार, भदौ ०६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सुनचाँदीको मूल्य बढ्यो
    चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै
    सुनचाँदीको मूल्य घट्यो
    सुन तोलामा २ हजार २०० रुपैयाँले घट्यो, चाँदीको मूल्य पनि ओरालो
    सुन तोलामा २ हजार ९०० र चाँदी १५ रुपैयाँले बढ्यो
    सुनको मूल्य बढ्यो, चाँदी घट्यो

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको

    • ६.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    भर्खरै

    • १.
      धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

    • २.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • ३.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ४.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ५.
      सुनचाँदीको मूल्य बढ्यो

    • ६.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ७.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ८.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.