• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • ७. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ८. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • ९. सुनचाँदीको मूल्य बढ्यो

  • १०. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

मकवानपुर जिल्लामा २१९ ओटा घरेलु उद्योग भए बन्द


  •   मङ्गलबार, साउन २०, २०७७ मा प्रकाशित
  • साउन १७, हेटौंडा । मकवानपुरमा विभिन्न स्थानमा सञ्चालनमा रहेका २१९ ओटा घरेलु तथा साना उद्योग बन्द भएका छन् । घरेलु तथा साना उद्योग कार्यालय मकवानपुरका अनुसार गत आर्थिक वर्ष २०७६/ ७७ मा उक्त ती उद्योगको दर्ता खारेज भएको छ ।

    Advertisement

    हाल मकवानपुरमा खारेज गरिएका बाहेक ८ हजार ७५६ ओटा उद्योग सञ्चालनमा रहेको कार्यालयका प्रमुख जगन्नाथ दाहालले जानकारी दिए । साथै गत आर्थिक वर्षमा मात्रै एक हजार १४४ ओटा उद्योग नवीकरण भएका छन् । त्यस्तै २१३ ओटा उद्योग फर्मको नामसारी भएको छ ।

    अघिल्लो आवभन्दा गत आवमा साझेदारी तथा निजी उद्योग दर्ता गर्ने संख्या घटेको छ । कार्यालय प्रमुख दाहालका अनुसार अघिल्लो आवमा १ हजार ९३१ उद्योग दर्ता भएका थिए भने गत आवमा उक्त संख्या घटेर १ हजार २६४ ओटा मात्र दर्ता भएको बताइएको छ ।

    कोरोना भाइरसका कारण यस वर्ष २०७६/ ७७ मा उद्योग दर्तामा कमी आएको अनुमान गरिएको छ । रू.५ लाखभन्दा कम पूँजी लगानीका उद्योग स्थानीय पालिकामा दर्ता गर्नुपर्ने र कोरोना डरले नयाँ उद्योगी अन्योलमा परेपछि उद्योग दर्ता संख्या घटेको बताइएको छ । लकडाउनमा पनि अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा उद्योग दर्ता तथा नवीकरणबाट राजस्व भने बढेको छ ।

    प्राप्त विवरणअनुसार अघिल्लो आवमा रू.१ करोड ७४ लाख ५८ हजार राजस्व संकलन भएको थियो भने गत आवमा त्योभन्दा अत्यधिक रू.२ करोड २४ लाख ४८ हजार राजस्व संकलन भएको छ ।

    अघिल्लो वर्षको तुलनामा गत वर्षमा उद्योग कम दर्ता भए पनि राजस्व संकलन बढी भएको थियो । गत वर्ष विशेष छूट दिइएको थिएन । अघिल्लो वर्षमा विशेष छूट दिइएको थियो । नवीकरण नगर्ने उद्योगलाई जरिवाना गरिएको थियो ।

    गत वर्ष दर्तामध्ये ६४३ जना महिला र ९०८ जना पुरुष उद्योगी भएका छन् । उत्पादनमूलक उद्योगतर्फ ५०५ जना महिलाले र ३००जना  पुरुषले रोजगारी पाएका छन् । कच्चा पदार्थको अभाव, उत्पादित सामान विक्री नहुने कारण, थप पूँजीको अभाव, बैंकको ब्याज तिर्ने र घरभाडालगायत समस्याले उद्यमी समस्यामा परेको कर्राका काष्ट उद्योगी रामपुकार ठाकुरले गुनासो गर्नुभयो ।

    राष्ट्रिय तथ्यांक विभागले कारोना कारण २०७६ साल फागुनमा सञ्चालन गरेको औद्योगिक गणनासमेत स्थगित गरेको छ । सोअन्तर्गत जिल्ला तथ्यांक कार्यालयले पनि औद्योगिक गणना स्थगित गरेको बताएको छ । रासस

    मङ्गलबार, साउन २०, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सुनचाँदीको मूल्य बढ्यो
    चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै
    सुनचाँदीको मूल्य घट्यो
    सुन तोलामा २ हजार २०० रुपैयाँले घट्यो, चाँदीको मूल्य पनि ओरालो
    सुन तोलामा २ हजार ९०० र चाँदी १५ रुपैयाँले बढ्यो
    सुनको मूल्य बढ्यो, चाँदी घट्यो

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको

    भर्खरै

    • १.
      धादिङमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते

    • २.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • ३.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ४.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ५.
      सुनचाँदीको मूल्य बढ्यो

    • ६.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ७.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ८.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.