यो वर्षको लागि जेसिज कप असहज परिस्थितिको कारण स्थगित गरिएको छ। असोज १९ गते सम्पन्न नारायणगढ जेसिजको छैटौं बोर्ड बैठक तथा तेस्रो साधारण सभाले यो बर्षको लागि जेसिज कप स्थगित गर्ने निर्णय गरेको छ। साथै जेसिजको आफ्नै भवनमा सम्पन्न भएको बोर्ड बैठकले वर्ष २०२०मा २० जना नया सदस्यहरुलाई सदस्यता प्रदान गरेको छ।
जेसिजले आफ्नो नियमित कार्यक्रमको रुपमा बोर्ड बैठक तथा साधारण सभा आयोजना गरेको र बैठकमा विभिन्न अजेण्डामा छलफल गरि निर्णय समेत पारित गरेको महासचिब रबिन्द्र श्रेष्ठले जानकारी दिनु भयो।
बोर्ड बैठकले माइन्युट अनुमोदन ,सम्मान तथा नया सदस्यहरुलाई सदस्यता प्रदान गरेको थियो। साथै हालसम्म गरिएका विभिन्न कार्यक्रमहरुको प्रतिबेदन माथि छलफल गरि निर्णयार्थ पेश गरि अनुमोदन गरिएको थियो।
बोर्ड बैठकले जेसिज सप्ताह संचालनमा महत्वपूर्ण भूमिका निभाउनु भएका संयोजकहरुलाई सम्मान गरेको थियो। साधारण सभा शाखा अध्यक्ष अनोज जोशीको अध्यक्षतामा सम्मपन्न भएको थियो भने पूर्व अध्यक्षहरुको बिशेष उपस्थिति रहेको थियो।
