प्राथमिक उपचार तथा खोज उद्धार सम्बन्धी २ दिने तालिम आजबाट सुरु
गर्दी सामुदायिक पुस्तकालय तथा माडीका चारवटै रेडक्रस उपशाखाहरुको संयुक्त आयोजनामा आजबाट प्राथमिक उपचार तथा खोज उद्धार सम्बन्धी २ दिने तालिम आजबाट सुरु भएको छ ।
ए.एस.बि.जर्मन र रिड नेपालको सहयोगमा संचालित तालिममा प्राथमिक स्वास्थ्य उपचार र बाढी, आगलागी, भुकम्प, बन्यजन्तुको आक्रमण लगायतका बिपद् अवस्थामा उद्धारको अभ्यासका विषयमा प्रशिक्षण दिइने आयोजकले जनाएको छ पुस्तकालयका अध्यक्ष भरत प्रसाद तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न तालिमको उद्घाटन कार्यक्रमको प्रमुख अतिथि माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकाल रहनुभएको थियो भने वडाध्यक्षहरु शिवहरि सुवेदी र रामबन्धु पोखरेलको समेत आतिथ्य रहेको थियो । कार्यक्रममा नेत्रबन्धु पोखरेल, बिदुर के.सी., रामकृष्ण अधिकारी, जीवन के.सी. र रुद्र अधिकारीले सहजिकरण गर्नु हुनेछ ।
source radio madi
