• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

बुक विल्डिङमा यसरी तोकिन्छ मूल्य, सर्वोत्तम सिमेन्टको आइपीओ भाउ कति होला ?


  •   मङ्गलबार, चैत ०३, २०७७ मा प्रकाशित
    • Book-Buildings_3_15_2021_8_09_10.png
    काठमाडौं : पछिल्लो समय आइपीओले निकै चर्चा पाएको छ । गाउँदेखि शहरसम्म आइपीओका बारेमा चर्चा छ । तर सामान्यतयः प्रतिकित्ता १ सय रुपैयाँमा आइपीओ भर्दै आएका लगानीकर्तालाई बुक विल्डिङमार्फत आइपीओ जारी हुने भएपछि केही चिन्तित पनि बनाएको देखिन्छ । यता, कतिपय लगानीकर्ता भने नयाँ प्रक्रिया सुरु हुन लागेको भन्दै खुशी छन् ।

    Advertisement

    यस विधिबाट उत्पादनमूलकलगायत अन्य थुप्रै क्षेत्रका राम्रा कम्पनी पुँजी बजारमा भित्रिने भन्दै उनीहरु खुशी भएका हुन् । यस विधिमा प्रतिकित्ता १सय रुपैयाँमा आइपीओ आवेदन गर्न पाइदैंन । किन भने यसमा कम्पनीको अवस्था अनुसार प्रिमियम भाउ निर्धारण हुन्छ ।

    यस्तै, न्यूनतम १० कित्ताका लागि आवेदन दिन नपाउने व्यवस्था पनि बुक विल्डिङमा छ । यस विधिबाट आइपीओ जारी भएका कम्पनीहरुमा न्यूनतम ५० कित्ताका लागि आवेदन दिनुपर्ने व्यवस्था बुक विल्डिङ निर्देशिका, २०७७ गरिएको छ । त्यसो त यो व्यवस्था न्यून पुँजी भएका लगानीकर्तालाई बहिस्कार गर्नका लागि ल्याइएको भन्दै आलोचना पनि भइरहेको छ ।

    अहिले यो व्यवस्थाबाट सर्वोत्तम सिमेन्टले आइपीओ जारी गर्नका लागि प्रक्रिया अगाडि बढाएको छ । तथापि, आइपीओ जारी गर्नुपूर्व कम्पनीले विभिन्न चरणको प्रक्रिया पार गर्नुपर्ने हुन्छ । अहिले उसले आन्तरिक तयारीको लागि बोर्डसँग सोधपुछ गरेको छ । धितोपत्र बोर्डमा कम्पनी आधार मूल्य निर्धारण भएपछि मात्रै आवेदनका लागि कम्पनी आउने धितोपत्र बोर्डका सहप्रवक्ता रुपेश केसीले बताए ।

    बुक विल्डिङमा कसरी हुन्छ आधार मूल्य निर्धारण ? 
    यस विधिमार्फत सुरुमा संस्थागत लगानीकर्तालाई सेयर बिक्री गरिसकेपछि मात्र सर्वसाधारणलाई आइपीओ जारी गरिन्छ । बुक विल्डिङमा योग्य संस्थागत लगानीकर्ताबाट प्राप्त आशय मूल्यको अध्ययन गरी धितोपत्रको आधार मूल्य तय गर्नुपर्ने व्यवस्था धितोपत्र बोर्डले जारी गरेको निर्देशिकामा उल्लेख छ । आधार मूल्य तय भएपश्चात धितोपत्रको बिक्री मूल्य सीमा निर्धारण गर्नुपर्नेछ ।
    उदाहरणका लागि, कुनै एउटा कम्पनीले बुक विल्डिङमार्फत आइपीओ जारी गर्नुपर्ने भएमा सबैभन्दा पहिले कम्पनीले आफ्नो वित्तीय अवस्थालगयतको सूचकहरुको मूल्यांकनका आधारमा एउटा मूल्य निर्धारण गर्नुपर्ने हुन्छ । उक्त निर्धारण भएको मूल्य माथि धितोपत्र बोर्डबाट योग्य ठहरिएका (बुक विल्डिङमा) संस्थागत लगानीकर्ता समावेश गरी आधारसहित उक्त भाउमाथि छलफल गर्नुपर्नेछ ।

    संस्थागत लगानीकर्ताले त्यस भाउमा सहमति जनाउन पनि सक्छन् । अनि असहमति राख्न पनि सक्छन् । असहमत भएमा संस्थागत लगानीकर्ताले आशय मूल्य पेश गर्न पाउनेछन् । उक्त मूल्यको अध्ययन गरेर कम्पनीले फेरि आधार मूल्य निर्धारण गर्नेछ । यो सबै प्रक्रिया पूरा भएपछि एउटा आधार मूल्य निर्धारण हुन्छ ।

    उक्त आधार मूल्यमा २०% थप गर्दा कायम हुने मूल्य माथिल्लो सीमा र तल्लो सीमा आधार मूल्यमा २०% घटाउँदा हुने गरी कायम गर्नुपर्नेछ । मानौं, कम्पनीको आधार मूल्य ५ सय रुपैयाँ निर्धारण भयो । उक्त आधार मूल्यको माथिल्लो सीमा ६ सय र तल्लो सीमा ४ सय रुपैयाँ हुन्छ । त्यस मूल्यमा विडिङ गर्नका लागि धितोपत्र बोर्डमा आवेदन दिनुपर्ने हुन्छ ।

    बोर्डबाट स्वीकृति पाएपछि उक्त सीमामा रहेर योग्य संस्थागत लगानीकर्ता बोलकबोलमा सहभागी हुनुपर्छ । बोलकबोलका आधारमा कट अफ मूल्य निर्धारण हुन्छ । र अन्त्यमा, उक्त कट अफ मूल्यमा १०% छुट दिई सर्वसाधारणका लागि आइपीओ जारी हुनेछ ।

    आइपीओ निष्कासनका लागि धितोपत्र बोर्डमा विवरणपत्र पेश गर्नुपर्ने 
    संस्थागत लगानीकर्तालाई आइपीओ बाँडफाँड गरिसकेपछि ७ दिनभित्र धितोपत्र बोर्डमा संशोधित विवरणपत्र स्वीकृतिका लागि पेश गर्नुपर्नेछ । उक्त विवरणपत्रमा कट अफ मूल्य, धितोपत्र बाँडफाँट भएका योग्य संस्थागत लगानीकर्ताको नामावली, बाँडफाँड भएको धितोपत्रको संख्यालगायत विषय उल्लेख गर्नुपर्छ । विवरणपत्रमा पेश भएको विवरण उचित लागेमा बोर्डले एक साता भित्रमा स्वीकृत दिन्छ । स्वीकृत भएको एक साता भित्र आइपीओका लागि आह्वानपत्र प्रकाशन गर्नुपर्ने व्यवस्था निर्देशिकामा छ ।
    सर्वोत्तम सिमेन्टले निर्धारण गर्यो ७५० भाउ
    सर्वोत्तम सिमेन्टले प्रतिकित्ता सेयरको ७५० रुपैयाँ मूल्य निर्धारण गरेको छ । कम्पनीले बुक विल्डिङ विधिबाट आइपीओ निष्कासन गर्नुपूर्व आधार मूल्य तय गर्न योग्य संस्थागत लगानीकर्तासँगको छलफलमा आशय मूल्य माग गर्नुपूर्व आफ्नो मूल्य सार्वजनिक गरेको हो । यसआधारमा, सर्वोत्तम सिमेन्ट बुक विल्डिङ विधिमार्फत आइपीओ जारी गर्ने प्रक्रियाको पहिलो चरणमा रहेको छ ।

    कम्पनीले भ्याल्यूएसन गराएर ७५० रुपैयाँको मूल्य प्रस्तावसहित योग्य संस्थागत लगानीकर्तासँग छलफलमा जाने तयारी गरेको छ । त्यसो त यस कम्पनीले योग्य संस्थागत लगानीकर्तासँग छलफल, अधार मूल्य तय, बिक्री सीमा निर्धारण र बोलकबोलमार्फत कट अफ मूल्य निर्धारण लगायतका प्रक्रिया पार गर्नै बाँकी रहेको छ ।

    तसर्थ, कम्पनीले अहिले निर्धारण गरेको प्रतिकित्ता ७५० रुपैयाँ भाउ माथि उल्लेखित चरणहरु पार गरेपछि  स्वीकृत भएको खण्डमा मात्रै लागू हुनेछ । संस्थागत लगानीकर्ताले असहमति जनाएको खण्डमा कम्पनीले प्रस्तावित भाउ घटाउनुपर्ने पनि हुनसक्छ ।

    सर्वोत्तमले कसरी निर्धारण गर्यो ७५० रुपैयाँ भाउ ?
    यस कम्पनीले आफ्नो व्यावसायिक उत्पादन सुरु गरेपछि नै नाफा कमाउँदै आएको छ । विगत ३ वर्षको औसत मुनाफा (कर पछिको) वार्षिक १ अर्ब ४ करोड भन्दा बढी भएको उसको भनाई छ । साथै, ३ वर्षको औसत प्रतिसेयर आम्दानी ५२ रुपैयाँ रहेको र आगामी ३ वर्षको औसत प्रतिसेयर आम्दानी ४५ रुपैयाँभन्दा बढी हुने अनुमान गरेको छ ।

    यता, आइपीओबाट प्राप्त रकममध्ये ४०% ले ऋण भुक्तानी गर्नेछ । त्यसपछि कम्पनी शतप्रतिशत ऋण मुक्त हुनेछ । बाँकी रकमले उत्पादन क्षमता दोब्बर गर्ने योजना रहेको कम्पनीको भनाई छ । यसबाट ४ वर्षपछि वार्षिक प्रतिफल ७५% भन्दा बढी हुन जाने प्रक्षेपण गरेको छ । आइपीओ जारी भएपश्चात पहिलो ३ महिना भित्रै १०% बोनस सेयर र २५% नगद लाभांश दिने निश्चित भएको कम्पनीको भनाई छ ।

    मङ्गलबार, चैत ०३, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सुनचाँदीको मूल्य बढ्यो
    चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै
    सुनचाँदीको मूल्य घट्यो
    सुन तोलामा २ हजार २०० रुपैयाँले घट्यो, चाँदीको मूल्य पनि ओरालो
    सुन तोलामा २ हजार ९०० र चाँदी १५ रुपैयाँले बढ्यो
    सुनको मूल्य बढ्यो, चाँदी घट्यो

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.