• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ७. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

निगमको चुहावट रोक्ने सफ्टवेयर परीक्षणमा समस्या, पुरानै प्रणालीबाट कामकाज


  •   आइतबार, बैशाख ०५, २०७८ मा प्रकाशित
  • नेपाल आयल निगमले वित्तीय सुशासन कायम गर्ने उद्देश्यले निर्माण गरेको इन्टरप्राइजेज रिसोर्स प्लानिङ (इआरपी) सफ्टवेयर शुक्रबारबाट कार्यान्वयन गरेको छ । तर, कर्मचारी र व्यवसायीलाई सफ्टवेयरको विषयमा प्राविधिक जानकारी नहुँदा अधिकांश डिपोले पुरानै प्रणालीलाई निरन्तरता दिएका छन् । निगमका प्रवक्ता विनीतमणि उपाध्यायले भने सबै डिपोमा परीक्षणको काम सुरुवात भएको जानकारी दिए । ‘अहिलेलाई सबैतिरबाट एकसाथ सुरुवात भएको छ । बिस्तारै कमजोरीहरूलाई सुधार गरेर पूर्ण रूपमा कार्यान्वयन गरिनेछ,’ उनले भने । शुक्रबार अमलेखगन्ज डिपोले परीक्षणमा आंशिक सफलता हासिल गर्नुबाहेक अन्य डिपोले दिनभर प्रयास गर्दा पनि नसकेपछि पुरानै सिस्टमबाट पेट्रोलपम्पलाई तेल वितरण गरेका थिए ।

    Advertisement

    निगमको दुई नम्बर प्रादेशिक कार्यालय, अमलेखगन्जले बिहानदेखि प्रयास गर्दा दिउँसो १ बजे इआरपी सफ्टवेयरबाट निजगढ (बारा) को विनायक आयल सप्लायर्सलाई ९ हजार लिटर पेट्रोल वितरण गर्न सफल भएको थियो । उक्त बिलिङ नै इआरपी सफ्टवेयरको पहिलो सफलता थियो । कार्यालय प्रमुख प्रदीप यादवका सो दिन करिब ५० वटा ट्यांकरलाई इआरपी सफ्टवेयरबाट बिलिङ गरी तेल वितरण गरिएको थियो । अमलेखगन्ज डिपोमा इआरपी कार्यान्वयन गर्न केन्द्रीय कार्यालयबाट वितरण विभाग प्रमुख दीपक बराल र इआरपी परियोजनाको नेपालतर्फका प्रमुख राजन नेपाल खटेका थिए ।

    यद्यपि, इआरपीबाट तेलको डिमान्ड गर्न व्यवसायीलाई प्राविधिक ज्ञान कम भएको र निगमका कर्मचारीले समेत असहज महसुस गरेपछि व्यवसायीलाई भौचर मगाएर तेल वितरण गरिएको यादवले बताए । उनी निगमको ५१औँ वार्षिकोत्सव अवसरमा ‘सुवर्णशमशेर स्मृति कर्मचारी पुरस्कार’बाट समेत सम्मानित भएका थिए । नेपाल–भारत क्रस बोर्डर पेट्रोलियम पाइपलाइनसमेत यादवकै क्रियाशीलतामा तोकिएभन्दा छिटो (१८ महिना) सम्पन्न भएको थियो । पेट्रोलियम कारोबार गर्ने संस्थाका लागि महत्वपूर्ण मानिएको इआरपी सफ्टवेयर निगमले पहिलोपटक लागू गरेको हो । तर, आवश्यक तयारीविना हतार गर्दा परीक्षण कार्यमा सोचेअनुसारको सफलता मिल्न सकेन । निगमले आगामी १ साउनबाट पूर्ण रूपले इआरपी कार्यान्वयन गर्ने जनाएको छ ।

    शुक्रबार दिनभर प्रयास गर्दा पनि इआरपी सफ्टवेयरबाट काम गर्न नसकेपछि लुम्बिनी प्रादेशिक कार्यालय, भैरहवाले पुरानै म्यानुअल प्रणालीबाट पेट्रोलपम्पलाई तेल वितरण गरेको थियो । ‘धेरै प्रयास गर्दा पनि बैंकमा दाखिला भएको रकम सफ्टवेयरले नदेखाएपछि शुक्रबार सबै पम्पलाई भौचर मगाएर तेल वितरण ग¥यौँ,’ कार्यालय प्रमुख प्रलयंकर आचार्यले भने ।

    निगमको बागमती प्रादेशिक कार्यालय, थानकोटले पनि दिनभर प्रयास गर्दा नसकेपछि दिउँसो २ बजेपछि भौचर मगाएर तेल वितरण गरेको थियो । थानकोट डिपो प्रमुख अभिषेक ठाकुरले केही सफलता मिलेको र केहीमा प्रयास जारी रहेको दाबी गरे । ‘इआरपी सफ्टवेयर लागू गर्नका लागि केही काममा सफलता मिलेको छ । केहीमा सुधार गरेर अगाडि बढ्दै छौँ,’ ठाकुरले भने । गण्डकी प्रादेशिक कार्यालय, पोखराले पनि दिनभर प्रयास गर्दा इआरपीबाट बिलिङ गराउन नसकेपछि व्यवसायीलाई बैंक भौचर दाखिला गराई ४ सय १२ किलोलिटर डिजेल र २ सय ६० किलोलिटर पेट्रोल वितरण गरेको कार्यालय प्रमुख पुष्कर कार्कीले जानकारी दिए ।

    शुक्रबार अबेर रातिसम्म तेल वितरण
    इआरपी सफ्टवेयर कार्यान्वयन गर्न निगमको देशभरका डिपोले बुधबार र बिहीबार तेल वितरण बन्द गरेका थिए । शुक्रबार बिहानदेखि इआरपी सफ्टवेयरबाट बिलिङ गर्न सबै कर्मचारी जुटेका थिए । तर, प्रविधिले साथ नदिएपछि पम्पमा तेल पठाउन डिपो प्रमुखहरू दबाबमा परे । शुक्रबारसमेत तेल वितरण नभए शनिबार कार्यालय बन्द हुने भएकाले तेल वितरण हुने थिएन । लगातार ४ दिनसम्म तेल नदिँदा बजारमा मागअनुसार आपूर्ति नभई उपभोक्ताले सास्ती पाउने चिन्ता निगमका कर्मचारीलाई थियो । त्यसपछि शुक्रबार साँझदेखि बैंक भौचर मगाएर तेल वितरण गरेका थिए ।

    इआरपी सफ्टवेयरले के हुन्छ ?

    विश्वका ७० भन्दा बढी इन्धन कारोबार गर्ने कम्पनीले इआरपी सफ्टवेयर प्रयोग गरेका छन् । यो सफ्टवेयरले ट्यांकरबाट आयात गर्ने इन्धन, बिक्री परिमाण, मौज्दात इन्धन, लेखा, प्रशासन, आयोजना व्यवस्थापन, जोखिम व्यवस्थापनलगायत आपूर्तिसँग जोडिएका सबै कामहरू गर्न सकिन्छ । सबै काम एउटै सफ्टवेयरमार्फत हुने भएकाले कुन डिपोले कस्तो काम ग¥यो र कहाँ कमजोरी भइरहेको छ भनेर हेरेर निर्देशन दिन सजिलो हुन्छ । खरिद र बिक्री परिमाणसमेत पत्ता लगाई चुहावट नियन्त्रण गर्न र पारदर्शी आर्थिक कारोबार गर्न सघाउ पुग्छ ।

    पम्प व्यवसायीले अहिले दिनहुँ निगमको डिपोमा धाएर बैंक भौचर दाखिला गराई तेल लिने गरेका छन् । अबदेखि घरमै बसेर सफ्टवेयरमार्फत नै तेलको माग गर्ने र विद्युतीय माध्यमबाट भुक्तानी गर्न सक्छन् । त्यस्तै, कुन पम्पमा कति तेल गएको छ भन्ने विवरण सजिलै हेर्न सकिने भएकाले बजारमा आपूर्ति सहज गर्न पनि मद्दत मिल्छ ।

    आइतबार, बैशाख ०५, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सुनचाँदीको मूल्य बढ्यो
    चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै
    सुनचाँदीको मूल्य घट्यो
    सुन तोलामा २ हजार २०० रुपैयाँले घट्यो, चाँदीको मूल्य पनि ओरालो
    सुन तोलामा २ हजार ९०० र चाँदी १५ रुपैयाँले बढ्यो
    सुनको मूल्य बढ्यो, चाँदी घट्यो

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.