लक्ष्मी बैंक (LBL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १८ प्रतिशतले नाफा बढेको वित्तीय विवरण सार्वजानिक गरेको छ।
गत आर्थिक वर्षको तेस्रो त्रैमासमा १ अर्ब ८ करोड रुपैयाँ नाफा कमाएको बैंकले चालु आर्थिक वर्षको सोहि अवधिमा १ अर्ब २८ करोड रुपैयाँ खुद नाफा कमाएको छ जुन १८.१८ प्रतिशतले धेरै हो।
यस अवधिमा बैंकको खुद ब्याज आम्दानी घटेपनि नसकेपनि फि कमिसनमार्फत हुने आम्दानीमा सुधार गरेको छ भने सञ्चालन आम्दानी पनि बढेको छ। अर्कोतर्फ बैंकको इम्पेरिमेन्ट चार्ज पनि घटेको छ। जसले गर्दा नाफा बढ्न सहयोग पुगेको देखिन्छ।
यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ०९.८८ प्रतिशतले घटेर २ अर्ब ३५ करोड पुगेको छ भने सञ्चालन नाफा १५.६९ प्रतिशतले बढेको छ।
समिक्षा अवधिमा बैंकको निक्षेप संकलन ८ प्रतिशतले बढेको छ भने कर्जा लगानी १६ प्रतिशतले बढेको छ।
हाल १० अर्ब ६९ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडामा ४ अर्ब ८ करोड रुपैयाँ छ। बैंकको प्रतिशेयर आम्दानी १४ रुपैयाँबाट बढेर १६ रुपैयाँ पुगेको छ भने प्रतिशेयर नेटवर्थ १५२ रुपैयाँ रहेको छ।
बैंकले खराब कर्जामा पनि १.७८ प्रतिशतबाट घटेर ०.७१ प्रतिशतमा झरेको छ।

