• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

पुनर्बीमा कम्पनी खोल्न हिमालयन रिइन्योरेन्सलाई अनुमति दिने बीमा समितिको निर्णय


  •   सोमबार, जेठ १७, २०७८ मा प्रकाशित
  • काठमाडौं। बीमा समितिले हिमालयन रि-इन्स्योरेन्सलाई पुनर्बीमा कम्पनी खोल्न दिने निर्णय गरेको छ।

    Advertisement

    पाँच कम्पनीबाट परेको निवेदनमध्ये समितिले हिमालयनलाई कम्पनी खोल्न सहमति दिएको कार्यकारी निर्देशक राजुरमण पौडेलले बिजमाण्डूलाई बताए।

    हिमालय रि-इन्स्योरेन्समा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, महासंघकाका पूर्व अध्यक्ष पशुपति मुरारका, पूर्व अध्यक्ष भवानी राणा, नेपाल परिसंघका अध्यक्ष सतीशकुमार मोर, शंकर ग्रुपका साहिल अग्रवाल र सुलभ अग्रवाल, केएल दुगड ग्रुपका विकास दुगड, एमभि दुगड ग्रुपका विवेक दुगड, लक्की ग्रुपका रोहित गुप्ता तथा अन्य विभिन्न व्यवसायिक घरानाका व्यक्तित्वहरु रहेका छन्।

    बीमा समितिले निजी क्षेत्रको लगानी भएको थप एक पुनर्बीमा कम्पनी स्थापना गर्न गरेको आह्वानमा कुल पाँच कम्पनीले निवेदन दर्ता गरेका थिए। निवेदन दर्ता गराउनेमा हिमालयनसहित प्रुडेन्सियल रि-इन्योरेन्स, अन्नपूर्ण रि-इन्स्योरेन्स, काठमाडौं रि-इन्स्योरेन्स र जेन्युन रि-इन्योरेन्सले प्रस्ताव दर्ता गरेका थिए।

    बीमा समितिले पुनर्बीमा व्यवसायलाई प्रतिस्पर्धी, प्रभावकारी र क्षमतायुक्त बनाउन आवश्यक भएको भन्दै गत वैशाख १६ गते प्रस्ताव आह्वान गरेको थियो। समितिले इच्छुक व्यक्ति तथा लगानीकर्ता संस्थालाई बुधबार मध्यान्ह १२ बजेसम्ममा प्रस्ताव दर्ता गर्न समयसीमा तोकेको थियो।

    प्रस्ताव आह्वान गर्नुअघि समितिमा पुनर्बीमा कम्पनी स्थापना गर्न दर्ता भएका सबै प्रस्तावहरु रद्द गरेपछि नयाँ प्रक्रिया सुरु भएको हो।

    अहिले नेपाल पुनर्बीमा कम्पनी एक मात्रै रि-इस्योरेन्स कम्पनी हो। जसमा नेपाल सरकारको ४४%, विशाल ग्रुपको ३%, राष्ट्रिय बीमा कम्पनीको २.७%, सर्वसाधारणको १६% सहित अन्य जीवन तथा निर्जीवन बीमा कम्पनीको सेयर स्वामित्व छ। पुनर्बीमा कम्पनीको चुक्ता पुँजी एक अर्ब रुपैयाँ छ।

    अनुमति नपाएका प्रुडेन्सियल रि-इन्स्योरेन्समा व्यावसायिक घरानाहरू आईएमई ग्रुप, विशाल ग्रुप लगायतको लगानी रहेको बताइएको छ। उता अन्नपूर्ण रि–इन्स्योरेन्समा गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष उपेन्द्र महतोसहित केही गैरआवासीय नेपालीसमेत छन्। गैरआवासीय नेपालीको लगानी रहेको एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीले पुनर्बीमा कम्पनीमा लगानी गर्ने योजना थियो।

    अर्को कम्पनी काठमाडौं रि-इन्स्योरेन्समा बीमा क्षेत्रका विज्ञहरूको समूह छ। प्रस्तावित कम्पनीमा बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिकै पूर्वअध्यक्ष देवेन्द्रप्रताप शाह, महालक्ष्मी लाइफ इन्स्योरेन्सका सीइओ रमेशकुमार भट्टराई, नेपाल पुनर्बीमा कम्पनीका पूर्व अध्यक्ष महेश गुरागाईं र आईएमई लाइफ इन्स्योरेन्सका पूर्व प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्टको टीम छ।

    जेन्यून रि-इन्स्योरेन्समा दुई जना बीमा क्षेत्रका विज्ञहरू छन्। बीमा समितिकै कार्यकारी निर्देशकबाट अवकाश पाएका श्रीमान कार्की र पोखरा विश्वविद्यालयका प्राध्यापक डा.रवीन्द्र घिमिरे यो कम्पनीमा छन्। यस कम्पनीमा म्यानपावर व्यवसायी रघु पुरीसमेत सहभागी रहेको बताइएको छ।

    सोमबार, जेठ १७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सुनचाँदीको मूल्य बढ्यो
    चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै
    सुनचाँदीको मूल्य घट्यो
    सुन तोलामा २ हजार २०० रुपैयाँले घट्यो, चाँदीको मूल्य पनि ओरालो
    सुन तोलामा २ हजार ९०० र चाँदी १५ रुपैयाँले बढ्यो
    सुनको मूल्य बढ्यो, चाँदी घट्यो

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.