• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

बैंकभन्दा फाइनान्स कम्पनी शेयरमूल्य बढी, यसकारण फाइनान्स कम्पनीको शेयरमूल्यमा आयो ‘उछाल’


  •   शुक्रबार, जेठ २८, २०७८ मा प्रकाशित
  • पछिल्लो समयमा वाणिज्य बैंकभन्दा फाइनान्स कम्पनीको शेयरमूल्य बढी हुन पुगेको छ। वाणिज्य बैंकहरुमा नै सबैभन्दा बढी शेयर मूल्य भएको नबिल बैंकलाई गोर्खाज फाइनान्सले उछिनेका छ।

    Advertisement

     साच्चिकै नबिल बैंकभन्दा गोर्खाज फाइनान्स ‘स्ट्राेङ’ भएकै हो त? अहिले बजारमा लगानीकर्ता यस्तै चर्चा परिचर्चा गर्छन्।

    केही लगानीकर्ता नबिल बैंकभन्दा गोर्खाज फाइनान्स बलियो भएको तर्क गर्छन्। तर, केही लगानीकर्ता भने नबिल बैंकको दाजोमा गोर्खाज फाइनान्स पुग्नै नसक्ने बताउछन्।

    पछिल्लो शेयरमूल्य हेर्दा नबिल बैंकको शेयरमूल्य प्रतिकित्ता १३१० को आसपासमा छ भने गोर्खाज फाइनान्सको शेयर १३८९ को हाराहारीमा खरिदबिक्री भएको छ। शेयरमूल्यलाई नै आधार मान्ने हो भने गोर्खाज फाइनान्स नबिल बैंकभन्दा ‘स्ट्राेङ’ देखिएको छ।

    गोर्खाज फाइनान्स मात्र होइन, अरु फाइनान्स कम्पनीहरुको शेयरमूल्य पनि केही वाणिज्य बैंकको शेयर मूल्यभन्दा बढी नै छन्। पछिल्लो समय वाणिज्य बैंकलाई तल पार्दै फाइनान्स कम्पनीको शेयर मूल्य उचाईमा पुगेका छन्।

    बैंक भन्दा फाइनान्स कम्पनी ‘स्ट्राेङ’ भएकै हुन्?

    बैंकभन्दा फाइनान्स कम्पनी ‘स्ट्राेङ’ भएकै हुन्? भनेर पूँजीबजारका सबैभन्दा पुराना अनुभवी लगानीकर्ता एवम् नेपाल उद्योग वाणिज्य महासंघ पूँजीबजार फोरमका सभापति तथा नेपाल इन्भेष्टर्स फोरमका पूर्वअध्यक्ष अम्बिका प्रसाद पौडेललाई सोधेका थियौं। उनले शेयरमूल्यका आधारमा नै कम्पनी बलियो र कमजोर भएको भनेर भन्न सकिने अवस्था नभएको बताए।

    ‘नेप्सेमा सूचीकृत कम्पनीको शेयरमूल्य मात्रै हेरेर त्यो कम्पनी स्ट्राेङ छ भनेर मान्न सकिदैन,’ उनले भने, ‘नेपाल टेलिकम नेप्सेमा सूचीकृत कम्पनीमध्ये सबैभन्दा मजबुत वित्तीय स्थिति भएको कम्पनी हो। तर, त्यो कम्पनीको शेयरमूल्य आजको मितिमा सबैभन्दा कम छ।’ त्यसैले शेयरमूल्यलाई नै आधार बनाएर कम्पनी बलियो र कमजोर छ भन्न नसकिने तर्क पौडेलको छ।

    अहिले केही वाणिज्य बैंकभन्दा केही फाइनान्स कम्पनीको शेयरमूल्य बढी छ। शेयरमूल्यलाई आधार मानेर वाणिज्य बैंकभन्दा फाइनान्स कम्पनीहरु बलिया भए भनेर भन्न सकिने स्थिति भने नभएको अनुभवी लगानीकर्ताको भनाइ छ।

    ‘शेयरमूल्यमा विभिन्न फ्याक्टरले असर गर्ने गर्दछ,’ पौडेलले भने, ‘त्योमध्ये कुनै फ्याक्टर हाबी भए होला।’ त्यसैले शेयर मूल्यलाई आधार बनाएर बलियो र कमजोर भन्न नसकिने तर्क उनले गरे।

    ‘डिमान्ड एन्ड सप्लाई अनि मानिसको सेन्टिमेन्ट गर्दा फाइनान्स कम्पनीको शेयरमूल्य बढ्न पुगेको हुनुपर्छ,’ उनले भने, ‘शेयरमूल्य बढ्दैमा बैंकभन्दा राम्रो फाइनान्स कम्पनी भए भन्ने होइन।’

    मूल्य बढ्नुमा फाइनान्स कम्पनीको शेयरको माग बढी र आपूर्ति कम

    फाइनान्स कम्पनीको शेयर माग बढी र आपूर्ति कम भएकै कारण मूल्य बढेको केही लगानीकर्ताको भनाइ छ। वाणिज्य बैंकभन्दा फाइनान्स कम्पनीको शेयर संख्या कम छ। फाइनान्स कम्पनीको कम शेयर भएका कारण एउटा कुनै व्यक्तिले त्यो शेयर ‘होल्ड’ गर्ने वित्तीकै शेयर मूल्य आकासिने गरेको शेयर विश्लेषकहरुको भनाइ छ।

    तर, वाणिज्य बैंकको शेयर भोल्यूम बढी भएकाले एक व्यक्तिले त्यसको शेयरमूल्य तलमाथि पार्न सक्ने सम्भावना कम हुने भएकाले पनि वाणिज्य बैंकको शेयरमूल्य कम हुन पुगेको हो। त्यसैले फाइनान्स कम्पनीभन्दा बैंकको ‘स्ट्राेङ’ भए भन्न सकिने अवस्था नभएको ती शेयर विश्लेषकले भनाइ छ।

    शेयर कर्नरिङको चर्चाले बढी महत्व पाउँदै

    पछिल्लो समय शेयर कर्नरिङको चर्चाले निकै महत्व पाउदै आएको छ। शेयर बजारलाई नियमन गर्ने निकाय नेपाल धितोपत्र बोर्डले पनि शेयर कर्नरिङ भएको आंशकामा केही कम्पनीलाई निगरानी राखेको छ। फाइनान्स कम्पनीमा पनि त्यस्तै भएको छ कि भन्ने आंशका छ।

    हालै मात्र बोर्डले सार्वजनिक सूचना मार्फत सचेत भएर लगानी गर्न अनुरोध गरेको छ। कम्पनीको आधारभूत तथा प्राविधिक विषय विश्लेषण गरेर मात्र लगानी गर्न सर्वसाधारणलाई आग्रह बोर्डले गरेको छ।

    अन्य क्षेत्रमा ऋण माग नहुदाँ शेयर बजारमा ओइरियो रकम

    अन्य क्षेत्रमा ऋणको माग हुन नसकेका कारण शेयर बजारमा रकम ओइरिन पुगेको लगानीकर्ताको भनाइ छ। त्यसैका कारण नेप्से नयाँ उचाइमा पुगेको छ। नेप्से अहिलेसम्मकै नयाँ रेकर्ड बनाएर बुधबार २९४६ अंक झरेकाे छ।

    बैंकबाट धमाधम ऋण लिएर शेयर किनिरहेकाले पनि नेप्से नयाँ उचाइमा पुगेको हो। अहिलेसम्म बैंक तथा वित्तीय संस्थाहरुले ९४ अर्ब ३४ करोड रुपैयाँ लगानी गरिसकेका छन्।

    नेपाल राष्ट्र बैंकका अधिकारीहरु पनि लगानीयोग्य रकम पर्याप्त भएका कारण बैंकबाट ऋण लिएर शेयरमा लगानी गर्न थाल्दा बजार बढ्न पुगेको बताउँदै आएका छन्। सरकारले आर्थिक वर्षको अन्त्यमा विकास खर्च बढाउँदै गएकोले पनि लगानीयोग्य पुँजी अझै बढ्ने अनुमान गरिएको छ। त्यस्तै स्थानीय निकायमा भएको पनि खर्च हुने भएकाले तरलताको अवस्थामा सुधार आउँदै गएको छ।

    चालु आर्थिक वर्ष सकिन लागेकाले पनि सरकारी ढुकुटीमा रहेको रकम विकास निर्माणका लागि खर्च हुने र त्यसरी खर्च भएको रकम बैंकिङ प्रणालीमा आउने भएकाले लगानीयोग्य पूँजीको अभाव नहुने नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले बताए।

    कोरोना भाइरस संक्रमण हुनु अघि पूँजी अभावले बैंकमा कर्जा लिन आउनेहरु रित्तो हात फर्कन पर्ने स्थिति आएको थियो। तर, अहिले त्यस्तो अवस्थाको अन्त्य भएको छ। ‘अहिले बैंक ऋण दिन सक्ने अवस्थामा पुगेका छन्,’ एक बैंकरले भने, ‘धेरै बैंकको कर्जा–पूँजी–निक्षेप अनुपात (सिसिडी रेशियो) ७९ प्रतिशतभन्दा तल आइपुगेको छ। बैंकहरुको सिसिडी रेशियो ८५ प्रतिशत नपुगेसम्म लगानी गर्न पाउछन्।

    अहिले बैंकहरुमा लगानीयोग्य पूँजी बढेको छ। बैंकहरु मन फुकाएर लगानी गर्न पुग्दा शेयर बजार निरन्तर उकालो लाग्दै गएको छ। पछिल्लो समय आलोपालो गरी एक दुई दिन एक समूहको शेयर मूल्य बढेको छ भने त्यस्तै अर्कोदिन अर्कै समूहको मूल्य बढ्दै गएको छ।

    बम्पर लाभांशकाे हल्ला

    पछिल्ला दिनहरुमा फाइनान्स समूहको शेयरमूल्य बढ्न पुगेको छ। बम्पर लाभांश वितरण गर्ने, हकप्रद वितरण गर्ने र अन्य कुनै राम्रो कम्पनीसँग मर्जरमा जाने सम्भावना भएको भन्दै हल्ला चलाइएकाले पनि पछिल्ला दिनमा करिब एक दर्जन फाइनान्स कम्पनीको शेयरमूल्यमा उछाल आएको हो।

    शुक्रबार, जेठ २८, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सुनचाँदीको मूल्य बढ्यो
    चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै
    सुनचाँदीको मूल्य घट्यो
    सुन तोलामा २ हजार २०० रुपैयाँले घट्यो, चाँदीको मूल्य पनि ओरालो
    सुन तोलामा २ हजार ९०० र चाँदी १५ रुपैयाँले बढ्यो
    सुनको मूल्य बढ्यो, चाँदी घट्यो

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.